arrow

मोर्चाबाट संसद बहिष्कार

logo
प्रकाशित २०७३ असार १५ बुधबार
sadan-bahiskar-new-FNL.jpg.jpeg
काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को वुधबारको बैठक पनि बहिष्कार गरेको छ । तराई–मधेसवादी दलले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै सदनको बैठक केही समयदेखि निरन्तर बहिष्कार गरिरहेको छ । 
 
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आवद्ध सांसदहरुले उठेर विरोध जनाए ।  त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद नरसिंह चौधरीलाई बोल्न समय प्रदान गर्नुभयो । 
 
सांसद चौधरीले नेपालको संविधानले समानुपातिक र सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरु जनताको मुद्दा स्थापित गराउन निरन्तररुपमा आन्दोलन गर्दै आएको धारणा राखे । उनले सरकारले संविधान संशोधनमार्फत  आन्दोलनरत दलका माग सम्बोधन गर्न आग्रह गर्दै बैठक बहिष्कार गर्दछौँ भने । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ