arrow

संसदमा जे भयो : प्रधानमन्त्रीले विपक्षीलाई यसरी रीस उठाए

logo
प्रकाशित २०७३ असार १५ बुधबार
pm-oli--FNL-i.jpg.jpeg
काठमाडौं । संसदमा फेरि तनाव भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा बोल्न विगारेपछि सदनमा विपक्षी कांग्रेसका सांसद उठेर प्रधानमन्त्रीलाई बोल्न रोके। केही बेर प्रधानमन्त्रीले बोल्न पाएनन् । 
 
स्पष्टीकरणका क्रममा प्रधानमन्त्रीले अगाडी बोलेको कुरा सबै लुकाएर विषय वस्तु अन्तै मोडिदिए । उनले भने, ‘विपक्षीले ‘भनएन’ भनको कुरा बुझिन । के भएन ? सबैको सहमतिमा भूकम्प पीडितलाई एक मुष्ठ डेढ लाख दिने भनि सकिएको छ ।’ एक मुष्ठ दुई लाख नै दिन पनि सरकारलाई आपत्ति थिएन । 
 
तर, दुरुपयोग नहोस् भन्ने अभिप्राय हो । ‘मैले हिन्दीमा बोलेको त छै न’ नेपालीमै बुझिने गरेरै भनेको छु । प्रधानमन्त्री ओलीले भने, ‘यस अघि कसैले हिन्दीमा बोलेका थिए, मैले त नेपाली मै बोलेको छु ।’ तर विपक्षी झोंकिनुको विषय यो थिएन । 
 
विपक्षीलाई प्रधानमन्त्री आफैले रीस उठाए 
बोल्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीलाई रीस उठाए । भूकम्प पीडितलाई अनुदान वितरण ‘सबै दलको सहमति अनुसार हुनेछ’ भन्दा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधामन्त्रीलाई औंलाले देखाउँदै निकै खुसी भएका थिए । पछि एका एक प्रधानमन्त्री अर्को विषपमा प्रवेश गर्दा अस्पस्ट भाषा बोले । कांग्रेस सांसदहरुले अनुहार विगार्दै गए । 
 
प्रधानमन्त्री बोल्दै गए, ‘अघि बहिस्कार गर्ने क्रममा केही कुराहरु आए । सडकमा जाने । सदनमा बोल्न नपाएको अवस्था त होइन नी । सदनमा बोल्न पाउँदा पाउँदै सडकमा जाने कुरा कहाँबाट आए । लोकतान्त्रिक संविधान सदनबाटै बन्यो । संवादबाट समस्या समाधान गरौं । मैले दुई पटक पत्र पठाइसकेको छुँ । तनावयुक्त ढंगले जानु पर्ने अवस्था के छ र ? प्रधानमन्त्रीले यती भन्न नपाउँदै कांग्रेस सांसदहरु उठे । 
 
प्रकाश शरण महतले माइक समातेर प्रधानमन्त्रीको बोली बीचैमा काट्न खोजे । समामुखले बस्न आग्रह गर्दा समेत कांग्रेस सांसदहरु बसेनन् । पछि प्रधानमन्त्री नर्भस भए बोल्न सकेनन् । कांग्रेस सांसदहरु समेत बसे । तनावको भेउ धेरैले पाउन सकेनन् । कारण प्रधानमन्त्रीले घुमाउरो भाषामा आन्दोलनरत मधेसवादी दललाई कांग्रेसले बोक्न खोजेको र सडकमा जाने कुरा गरेको आरोप लगाए । 
 
यसअघि, विहान मात्रै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पोडैले संघीय गठबन्धनको अनसनस्थल पुगेर सरकारलाई वार्ताका लागि कडा दबाब दिने बताएर निस्केका थिए । यस्तै, केही दिन अघि कांग्रेस सभापति देउवा अनसन स्थल पुगेपछि मधेसवादी दलहरुले अव वार्ता हुँदा कांग्रेसलाई समेत सहभागि गराउनु पर्ने धारणा राखेका थिए । संघीय गठबन्धनको आन्दोलनको विषयमा प्रधानमन्त्रीले सदनमा जति बोल्न खोजेका थिए । कांग्रेसको नियमापत्तिले बोल्न सकेनन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ