arrow

प्रमको संसद सम्बोधन : ‘व्यवसायीको डलरले काबुलमा जहाँज पठाएका होइनौं’

logo
प्रकाशित २०७३ असार १५ बुधबार
pm-oli--FNL-i.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका संसदमा सम्बोधन गरिरहनु भएको छ । ओलीले अफगानिस्तानको काबुलमा भएको घटनाक्रमबारे सदनमा जानकारी गराएका छन् । ओलीले काबुल घटनाका मृतकप्रति श्रद्धान्जली दिँदै घाइतेबो शिघ्र स्वास्थ्य लाभको कामना गरे । 
 
सम्बोधनका क्रममा ओलीले काबुल घटनाका मृतक तथा घाइतेलाई लिन पठाइएको जहाँज आफ्नै खर्चमा पठाएको सुनाए । उनले भने, ‘यस बीचमा एउटा हल्ला चल्यो । सरकारले व्यवसायी र काम दिने कम्पनीको सहयोगमा सरकारले विमान पठायो रे ! व्यवसायीको डलरका आधारमा जहाज हामीले पठाएनौं ।
 
तदारुकताका साथ सरकारले विशेष व्यवस्था गरेको हो । इन्सोरेन्स र आर्थिक सहायताको रकमलाई समेत छोएको छैन । छुट्टै रुपमा हामीले सेवा दिएका हौं ।’ उहाँहरुले इन्सोरेन्स र आर्थिकसहायता पाउने हुनेछ । पीडित परिवारलाई १० लाख दिने सरकारले निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओलीले विगत चार दिन अघि नै सम्बोधन गर्ने तयारी गरेपनि विपक्षीको अबरोधले बोल्न पाएका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ