arrow

(अपडेट) स्तानबुल विमानस्थल आक्रमणमा मृत्यु हुने ५० नाघे, डेढ सय घाइते

logo
प्रकाशित २०७३ असार १५ बुधबार
3.jpg.jpeg

स्तानबुल। टर्कीको राजधानी स्तानबुलस्थित मूख्य विमानस्थलमा आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहार हुँदा मृत्यु हुनेको संख्या ५० नाघेको छ। घटनामा कम्तीमा एक सय ४७ जना घाइते भएका छन्। युरोपको सबैभन्दा व्यस्तमध्ये एक मानिने स्तानबुलको विमानस्थलमा तीनजना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदै बम विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको हो।

आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मूख्य प्रवेशद्धारमा आक्रमण गरेका हुन्। प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैंलाई विस्फोट गराएका थिए। आक्रमण योजनाबद्ध रुपमा भएको प्रहरी अधिकारीको दावी छ। घटना इस्टालिम स्टेट आइएसले गराएको संकेत मिलेको भन्दै टर्किस प्रधानमन्त्री बिनाली यिल्दिरिमले घटनाको निन्दा गरेका छन्। टर्किस राष्ट्रपति रिसेप टइप एर्डोगानले आक्रमणको निन्दा गरेका छन्। उनले आतंकवादविरुद्ध संयुक्त अभियानका लागि आह्वानसमेत गरेका छन्।

आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ। सरकारी अधिकारीहरुले विमानस्थल वरपर नजान सर्वसाधारणलाई अपील गरेका छन् । गत वर्ष सरकार र कुर्द चरमपन्थीबीचको युद्धविराम भंग भएपछि टर्कीमा यस्ता आक्रमण हुँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ