arrow

मापसे गरी गाडी चलाएर दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा

logo
प्रकाशित २०७३ असार १५ बुधबार
mapase.jpg.jpeg

राजविराज । मादकपदार्थ सेवन गरी सवारी चलाएको भन्दै एकजना भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।
राजविराज–७ स्थित रुपनी रोडमा रोकिराखेको ज ६ प ६००१ नम्बरको मोटरसाइकलमा रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बिआर ०६ पिए–३७१८ नम्बरको स्कारपियो कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक घाइते भएपछि प्रहरीले चेक जाँच गर्दा स्कारपियो चालक भारतको मधुवनीका २५ वर्षीय प्रदीप कामैतले मादकपदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका कामैतमाथि सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतको विहारमा मादकपदार्थ सेवनमा रोक लगाइएपछि सप्तरीसहित तराईका जिल्लामा भारतीय नागरिकको मादकपदार्थ सेवनमा वृद्धि भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ