arrow

परीक्षामा चीट चोर्नेलाई पनि जेल सजाय !

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
cheating_-_saharsa_district.jpg.jpeg
नयाँ दिल्ली। उत्तरपूर्वी भारतमा परीक्षामा चीट चोरी गरेर लेखेको आरोपमा प्रहरीले एक विद्यालयमा अध्ययनरत १७ बर्षीया विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।  वरिष्ठ प्रहरी अधिकारीले आइतबार सो जानकारी दिएको  प्राप्त समाचारमा जनाइएको छ । परीक्षामा चीट चोर्ने विद्यार्थीलाई पनि यसरी प्रहरीबाट पक्राउ गरिएको यो घटनामा भारतको इतिहासमा दुर्लभ घटना हो । 
 
प्रहरीले गत शनिबार १७ बर्षीया रुबी रायलाई भारतको बिहार राज्यमा राज्यस्तीय परीक्षामा चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बिहार विद्यालय परीक्षा बोर्डको आदेशमा ती बालिकाको अन्तरवार्ता लिइएको र पुनःपरीक्षामा उनी अनुत्तीर्ण भएपछि उनलाई पक्राउ गरिएको साचारमा जनाइएको छ । 
 
उनलाई दुई हप्ताको जेल सजाय तोकिएको पनि सो समाचारमा बताइएको छ । आफ्नो विषयमा उत्कृष्ट भई उत्तीर्ण हुन सफल ती बालिका पुनःपरीक्षामा अनुत्तीर्ण भएपछि पक्राउ गरिएको बताइएको छ । यसरी आआफ्ना विषयमा उत्कृष्ट नम्बर ल्याएर पास भएका विद्यार्थीहरुले आफ्नै विषयको नाम नै राम्रोसँग उच्चारण गर्न नजान्ने भएपछि उनीसहित १७ जना उत्कृष्ट विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 
 
बिहारको विद्यालय तहको शिक्षा प्रणालीमा विगत लामो समयदेखिै नै प्रश्न उठ्ने गर्दछ । सिकाई प्रणाली नै सजिलो नभएको र यसका गर्दा विद्यार्थी कमजोर हुनपुगेको बताउने गरिन्छ । यसका साथै यस वर्षको वार्षिक परीक्षामा झन यी विद्यालयले विद्यार्थीको परीक्षा थप भरपर्दो र व्यवस्थितरुपमा लिने भन्दै परीक्षाका लागि अभिभावकबाट थप दस्तुर पनि लिएका थिए । यसरी परीक्षा लिँदा पनि यस पटकको परीक्षा मर्यादित र व्यवस्थित हुन नसकेको भन्दै अभिभावकहरुले विद्यालय र शिक्षकको कडा विरोध गरेका छन् ।
 
एक टेलिभिजनद्वारा लिइएको अन्तरवार्तामा उनले पोलिटिकल साइन्स्को उच्चारण राम्रोगरी गर्न पनि नसकेको र सो राजनीतिशास्त्र खाना पकाउने शास्त्रसँग सम्बन्धित हो भनि बताएपछि त्यहाँ भएका व्यक्तिहरु आश्चर्यचकित भएका थिए । उनीसँगै १८ व्यक्तिलाई गिरफ्तार गरिएको बिहार राज्यका वरिष्ठ प्रहरी निरीक्षक मनु माहाराजले एएफपी समाचार समितिलाई बताएका छन्। एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ