arrow

कृष्णाले मागे मामा गोविन्दासँग माफी

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
krushna-govinda.jpg.jpeg
एजेन्सी ।  कमेडी नाइट्स लाइभ' का प्रस्तोता कृष्णा अभिषेकले आफ्नो मामा बलिउड अभिनेता गोविन्दासँग माफि मागेका छन् ।  कृष्णाको  शोमा आफ्नो बारेमा गरिएको कमेन्टबाट दुखी गोविन्दा हालै 'द कपिल शर्मा शो' मा आफ्नी श्रीमति र छोरीसँग पुगेका थिए ।
कृष्णाले कार्यक्रममा, "मैले गोविन्दालाई मामा बनाए" भनेका थिए । यसपछि  लगभग चार महीनासम्म  गोविन्दा र कृष्ण बिच कुनै कुराकानी भएन ।
 
कृष्णा अभिषेकले गोविन्दासँग माफी माग्दै यस बिषयलाई सुल्झाउन चाहेको बताए । भारतिय सञ्चारमाध्यमका अनुसार कृष्णाले भने, 'मैले कुनै आपत्तिजनक शब्द प्रयोग गरेका छैनन् । कृष्णाले थपे,' उहाँ उमेरमा म भन्दा ठुलो हुनुहुन्छ मेरो कुराले उहाँलाई दुख पुग्न सक्छ , त्यसैले म सार्वजनिक रुपमा माफि माग्दछु  ।' उनले भने,' म मेरो मामालाई निकै माया गर्छु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ