arrow

सुरक्षा परिषदद्वारा निन्दा

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
Barack_Obama_chairs_a_United_Nations_Security_Council_meeting.jpg.jpeg
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले लेबनानमा हालै भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ । उक्त परिषदको सोमबार बसेको बैठकले लेबनानमा सोमबार भएको आतङ्कवादी हमलाको निन्दा गर्दै त्यसमा सम्लग्नलाई कानुनी कारबाहीका लागि आग्रह पनि गरेको छ । 
 
लेबनानको उत्तरपूर्वी नगर क्वामा सोमबार बिहानै सो हमला भएको थियो । सिरियाली सीमा क्षेत्रमा पर्ने उक्त नगरमा भएको हमलामा परी पाँच जना मारिएका थिए । आत्मघाती बम हमलाकारीले उक्त नगरमा रहेको एक चर्चमा भएको हमलामा परी अरु १३ जना नराम्ररी घाइते भएका छन् । 
 
चर्चको परिसरमा चारजना आत्मघाती बम हमलाकारीले सो विस्फोट गराएका थिए । बिस्फोटमा परी ज्यान जानेमा प्रार्थनाका लागि गएका सर्वसाधारण परेका बताइएको छ । आतङ्कवादी क्रियाकलापबाट गर्ने गरिएका सबै प्रकारका काम कारबाही कुनै पनि हिसाबले क्षम्य नहुने भन्दै सबै प्रकारका समस्याको समाधानका लागि शान्तिपूर्ण रुपमा प्रयास गर्नुपर्नेमा सो परिषदले जोड दिएको छ । 
 
सोमबार बिहान भएको सो आत्मघाती हमलाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । उक्त क्षेत्रमा सिरियामा गएका करिब पाँच वर्षदेखि जारी रहेको हिंसाको क्रममा कैयौँ पटकसम्म आक्रमण र हत्याका काम भएका छन् । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ