arrow

मुलुककै उत्कृष्ट सहकारी बन्ने होडमा उपकार

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असार १३ सोमबार
upama.jpg.jpeg
स्याङ्जा। पश्चिमाञ्चलमै उत्कृष्ट बन्न सफल भएको उपकार वचत तथा ऋण सहकारी मुलुककै सहकारीहरु मध्येको उत्कृष्ट बन्ने होडमा छ । सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ लागु भएपछि २०५० सालमा स्थापना गरिएको उपकार सहकारी पछिल्लो समय संस्थालाई परिमार्जित गर्दै अगाडी बढ्न थालेको छ ।
 
 संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुको आर्थिक उपार्जन, स्वास्थ्य सेवा, सहकारी शिक्षा लगायतका कार्यक्रमहरु अगाडी सारेर शेयर सदस्यहरुको हितकारी कामका कारण मुलुककै नमुना सहकारी बनाउने होडमा लाग्न थालेको हो । २७ जना शेयर सदस्यबाट २७ सय रकमबाट शुरु गरिएको उपकार सहकारीमा हाल ६ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् । तत्कालिन अवस्थामा मुलुकमा बढेको द्धन्दकालिन बेलामा सहकारीले राष्ट्रबैंक बाट सिमित बैकिङ् कारोवार गर्ने इजाजत समेत पाएकाने थियो । जसका कारण वालिङमा रहेको नेपाल बैंक लिमिटेडले समेत आर्थिक कारोवार गर्न नसकेर केन्द्रिकृत भएपछि यस भेगका नागरिकलाई यो सहकारीले सेवा पुर्‍याउदै आएको थियो । 
 
सहकारीमा अहिले सम्म ६ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले भने,“ २ हजार ३ सय १८ महिला र २ हजार ५ सय ६३ पुरुष शेयर सदस्य छन् भने वाल शेयर सदस्य १ हजार १ सय ६९ रहेका छन् । ” शेयर पुँजी ४ करोड ९७ लाख ९९ हजार ७ सय रहेको र संस्थाले अहिले सम्म ३८ करोड ६१ लाख ९३ हजार ८ सय ९४ निक्षेप संकलन गरेको अध्यक्ष अर्यालले थपे । वालिङ नगरपालिका ३ मा १३ आना जग्गामा आफ्नै भवन निर्माण गरी ४३ करोड ८६ लाख ५८ हजार ५ सय ९७ रकम विभिन्न विधामा कर्जा लगानी गरेको सहकारीले जनाएको छ । 
 
सिमित कारोवार र शेयर सदस्यहरुको कुनै आर्थिक उपार्जनमा टेवा सहकारीहरुले नपुराईरहेको अवस्थामा उपकार सहकारीले सबै सदस्यहरुलाई एक्सेस प्रोग्राम लागु गरी शेयर सदस्य बाहेक अन्यलाई कर्जा लगानी समेत गरेको छैन । जसले गर्दा संस्थामा आवद्ध भएका शेयर सदस्यहरुले भनेको बेला र संस्थाको नियमपरिधि भित्र रहेर कर्जा माग गरेमा पेश गरेको एक हप्ता भित्र कर्जा लगानी हेरी ऋण लगानी गरिएको संस्थाका सचिव दिपेन्द्र गैह्रेले बताए । 
 
संस्थाले हाल ३ नगरपालिका र २३ गाविसको कार्यक्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ संस्थाका सचिव दिपेन्द्र गैह्रेले भने,“ सबै शेयर सदस्य लगायत अन्य नागरिकले समेत सेवा प्रवाहबाट बन्चित हुन नपरोस भन्दै क्षेत्र निर्धारण गरी ४ ओटा सेवा केन्द्र मार्फत सेवा दिएका छौं ।” शेयर सदस्यहरुले वचत र ऋण लिन पाउने छन् भने शेयर सदस्य नभएका नागरिकले विदेशबाट आएको रेमिट्यान्स लिन सुविधा प्रदान गरेका छौं सचिव गैह्रेले थपे । संस्थाले ग्रामिण क्षेत्रका नागरिकको सहकारीको माध्यमबाट आर्थिक उपार्जनमा खेलेको भुमिका र सहकारी मापदण्ड अनुरुप चलेको भन्दै ५४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा समेत देशभरीका सहकारीहर मध्येबाट उत्कृष्ट समेत हासिल गरेको थियो । 
 
 सरकारलाई तिर्नुपर्ने राजस्वमा कुनै छलकपट नगरी नीति र नियममा रहेर राजस्व तिरेको भन्दै राष्ट्रिय कर दिवसको अवसरमा समेत आन्तरिक राजस्व कार्यालयले समेत संस्थालाई सम्मान गरेको संस्थाका महाप्रवन्धक गमबहादुर नेपालीले बताए । सहकारीको जनचेतना बढाउनका लागि संस्थाले नगरपालिकाको हकमा वार्ड र गाविसको हकमा इकाई निर्धारण गरि हरेक समुहबाट २० जनालाई सहकारी शिक्षा, नियमित वचत र वित्तिय परामर्स प्रदान गर्दै आएको छ । 
 
जसका कारण हरेक नागरिक वित्तिय क्षेत्रको वारेमा जानकारी पाउने छन । ग्रामिण क्षेत्रमा ठुला ठुला बैंकहरु नपुगेका बेला उपकारले ग्रामिण क्षेत्रमा पुर्‍याएको वित्तिय सेवाको प्रशंसा समेत जिल्ला डिभिजन सहकारीले लिएको छ । वित्तिय क्षेत्र भित्र विश्वासिलो परामर्श दिने र स्तरीय सेवा प्रदान गर्ने उदेश्यले सबै वित्तिय संस्थाहरु सगँ प्रतिस्पर्धा गराउन एसियाली ऋण महासंघले उत्पादन गरेको नीति नियम तथा नेपाल वचत तथा ऋण सहकारीको प्राविधिक सहयोगमा “उत्कृष्ट सेवा तथा सूरक्षाका लागि सर्वोत्तम छनोट” एक्सेस कार्यक्रम संचालन गदैृ आएको छ ।
 
 सहकारी मापदण्ड अनुरुप संचालन गर्न पनि एक्सेस प्रोग्राम सारथी हुने गरेको छ । जिल्लामा खुलेका सहकारीहरु सहकारी मापदण्ड अनुरुप संचालन हुन नसक्दा सहकारी पनि कमाई खानेको रुपमा हेरिन थालेको बेला उपकार सहकारीले शेयर सदस्यलाई खेलेको भुमिकाका कारण सहकारी मापदण्ड अनुरुप चल्नका लागि एक्सेस प्रोग्राम उपयुक्त हुने सहकारीका लागि देखिन्छ । जसले संस्थामा आवद्ध शेयर सदस्यहरुको जिवन आमुल परिवर्तनमा यो प्रोग्राम उपयुक्त मान्दै आएको बताइएको छ । 
 
सहकारीले चलाएको एक्सेस प्रोग्रामको अवलोकन गर्न समेत गएको आर्थिक बर्षमा देशभरीका दुईदर्जन भन्दा बढी सहकारी आएको तथ्याङ्क सहकारीले जनाएको छ । मोरङ्, रुपन्देशी, वागलुङ्, पाल्पा, रोल्पा लगायतका जिल्लाहरुबाट सहकारी अवलोकन गर्न आएको सहकारीले जनाएको छ । 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ