arrow

विवाह नगरि बुवा बने तुषार कपूर

logo
प्रकाशित २०७३ असार १३ सोमबार
tusshar.jpg.jpeg
एजेन्सी । अविवाहित बलिउड अभिनेता तुषार कपूर बुवा बनेका छन् । तुषार कपूर आईवीएफ/सरोगेसीबाट बुवा बनेका हुन् । भारतिय सञ्चार माध्यमहरुका अनुसार उनको छोराको नाम  'लक्ष्य' राखिएको छ । तुषार बुवा बनेपछि निकै खुशी र उत्साहित देखिएका छन्।
 
तुषारले भने , 'म बुवा बनेर रोमान्चित महसुस गरिरहेको छु । लक्ष्यलाई पाएर कस्तो अनुभव गरिरहेको छु , यसको ब्यान म शव्दमा गर्न सक्दिन। अब लक्ष्य मेरे जीवनको सबै भन्दा ठुलो आनन्दको स्रोत हो । भगवानको कृपा र अस्पतालको मेडिकल टीमको कारण  म जस्ता कुमार पनि बावु बन्न सके ।'
 
तुषारका परिवारले पनि नयाँ  सदस्य पाएकोमा खुशी व्यक्त गरेका छन् । तुषारका बुवा- आमा, शोभा कपूर र जितेन्द्रले भने "लक्ष्यको हजुरबुवा- हजुरआमा बन्नु जतिको खुशी हामिलाई अरु कुनै कुरामा हुन सक्दैन । हामि तुषारको निर्णयकको पुर्ण समर्थन गर्दछौ । तुषार हाम्रा अद्भुत पुत्र हुन्। जिम्मेवारी, स्वतन्त्रता र उदारता उसमा समाहित छ । तुषार लक्ष्यको असल बुवा साबित हुनेछन् , यसमा कुनै  सन्देह छैन ।"
 
जसलोक हस्पिटल एण्ड रिसर्च सेन्टरमा आईवीएफ एण्ड जेनेटिक्स डिपार्टमेन्ट हेड डा. फिरूजा पारिखले भने , " म तुषारको यो निर्णयबाट  प्रभावित छू । तुषारले हरेक तहमा  बच्चाको स्वास्थ्यलाई लिएर सजगता राख्नेछन् । उनि निश्चित रूपमा सम्वेदनशील र ध्यान रख्ने बुवा साबित हुनेछन् ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ