arrow

सुबिसुको सेल्स आउटलेट काठमाडौँको सुकेधारामा

logo
प्रकाशित २०७३ असार १२ आइतबार
Subisu.jpg.jpeg
काठमाडौँ ।  नेपालको अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा.लि. ले आफ्नो तेश्रो सेल्स आउटलेट 'सुबिसु स्टेशन' काठमाडौँको सुकेधारामा सञ्चालन गरेको छ । 'सुबिसु स्टेशन' को उद्घाटन  कम्पनीका प्रमुख कार्यकारी अधिकृत  बिनय मोहन साउदले गरे ।
 
 सुबिसुले उक्त 'सुबिसु स्टेशन' बाट  सुकेधारा तथा सो क्षेत्र आसपासका ग्राहकहरुलाई सेवा दिने बताएको छ । 
 
यो सँगै 'सुबिसु स्टेशन' ललितपुरको झम्सीखेल, काठमाडौँको रानीबारी र सुकेधारामा  रहेका छन् । कम्पनीले आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ