arrow

कृष्णसारको सङ्ख्या बढ्यो

logo
प्रकाशित २०७३ असार ११ शनिबार
Kisnasar.jpg.jpeg
गुलरिया (बर्दिया) । कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा नेपालकै दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर २५७ वटा पुगेको छ । 
 
विसं २०७१ साउन ३० गते आएको बाढीले २८१ कष्णसारमध्ये ४० वटालाई बगाएको थियो । बाढीबाट चार वटा भाले र चार वटा पोथी कृष्णासार मरेका थिए भने अन्यलाई बाढीले बगाएको थियो । संरक्षण क्षेत्रमा अहिले ७९ वटा भाले, १२७ पोथी र ५१ पाठा कृष्णसार रहेका छन् । 
 
एक हजार ८०० हेक्टर क्षेत्रफलमा फैलिएको यस संरक्षण क्षेत्रका लागि सरकारले बर्सेनि लाखौँ रुपैयाँ खर्च गर्दै आइरहेको छ । वन्यजन्तु तस्करी, चोरी सिकारी, जङ्गली जनावरको आक्रमणबाट बचाउन र खुला चरीचरनबाट लाग्ने रोगबाट जोगाउन गरिएको प्रयास पछिल्लो समयमा सफल भएको छ । 
 
दुर्लभ मानिने कृष्णसार संरक्षण गर्न प्राकृतिक प्रकोपको चुनौती थपिएपछि संरक्षण क्षेत्रमा चार वटा माउन्ट रेज (माटोको कृतिम पहाड) बनाइएको संरक्षण केन्द्रका अधिकृत पुरुषोत्तम शर्माले बताउनुभयो । दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षणका लागि सरकारले २०६५ फाल्गुन २३ गते देखि कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । 
 
प्राकृतिक प्रकोप, चरीचरन र संरक्षण क्षेत्रमा दीर्घकालीन रुपमा तारवार गर्न सके मात्र कृष्णसारको संरक्षण हुने उहाँको भनाइ छ । सुरुमा यसक्षेत्रमा नौ वटा कृष्णसार रहेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ