arrow

साहित्यतर्फको नोबेल पुरस्कार बेलारुसकी लेखिका स्वेतलानालाई

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1102686836.jpeg

एजेन्सी । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार बेलारुसकी लेखिका स्वेतलाना अलेकसेविचले पाएकी छन् । उनले महिलाको संघर्ष र साहसबारे लेखेका किर्तिलाई पुरस्कार दिइएको बताइएको छ ।

६७ वर्षीया स्वेतलाना राजनीतिक लेखिकाको रुपमा चिनिन्छन् । उनी पहिलाकी पत्रकार पनि हुन् । उनलाई नोबेल पुरस्कारले सम्मान गरिएको छ । पुरस्कारको राशी ८० लाख क्रोनर छ । यसअघि, साहित्यतर्फको नोबेल पुरस्कार रुडयार्ड किपविंग, अर्नस्ट हेमिंगवे र पेट्रिय मोडियानोलाई दिइएको थियो । स्वेतलानाको जन्म ३१ मे १९८४ मा युक्रेनको इवानो–फ्रेन्किविस्कमा भएको थियो । पछि उनी आफ्नो परिवारसंग बेलारुस गएकी थिइन् । हाल उनी बेलारुसमै बस्ने गरेकी छन् ।
 

महिलाका लागि के लेखिन् ?

द्वितिय विश्व युद्धबारे लेखिएको ‘द अनवोमनली फेस अफ द वार’ (युद्धको स्त्री विरोधी अनुहार) स्वेतलानाको पहिलो पुस्तक थियो । यसमा उनले हजारौं रुसी महिलाको संघर्ष र पीडा उल्लेख गरेकी थिइन् ।

जसले युद्धको हिस्सा लिए । उनले सो किताबमा उल्लेख गरेकी छन्,–‘रुसको जितको श्रेय ती महिलालाई प्राप्त भएन ।’ ‘द चर्नोबिल प्रेयर–क्रोनिकल्स अफ द फ्यूचर’ ) चर्नोबिलको प्रार्थना–भविष्यका लागि एक राय) उनले लेखेका बहुचर्चित पुस्तकमा एक हो ।   जसमा उनले भनेकी छन्,–‘हामी एक यस्तो मोडमा प्रवेश गरिसकेका छौं, जहाँ अनजान र नयाँ आपतबाट जोगिन मुश्किल छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ