arrow

ग्रेडिङ प्रणालीमा प्रतिशतको खाँचो

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
SLC-Nepal_20120615094302-300x195.jpg.jpeg
काठमाडौँ । प्रवेशिकाको परिवर्तित परीक्षा प्रणालीले सबैमा अन्योल सिर्जना गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।  मार्टिन चौतारीले आजआयोजना गरेको अन्तरक्रियाका वक्ताले सरकारले लामो समयको तयारीपछि ल्याएको ग्रेडिङ प्रणालीमा प्रतिशतसमेत सार्वजनिक गर्न सुझाएका हुन् । 
 
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले शिक्षाविद् तथा ठूला विश्वविद्यालयका पदाधिकारीका साथै विज्ञसँग छलफल गरी ल्याइएको ग्रेडिङ प्रणालीमा देखिएका केही त्रुटि सुधार गरी जान सकिने बताए । 
 
उनले राष्ट्रिय परीक्षा बोर्ड गठनका लागि गृहकार्य भइरहेको र त्यसले निकट भविष्यमा कक्षा ९ देखि १२ सम्मको परीक्षा प्रणालीलाई नियन्त्रण गर्ने जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष सूर्यलाल अमात्यले राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षासम्म हेर्ने भएपछि अहिलेको ग्रेडिङ प्रणालीअनुसार कतै पनि भर्ना हुन नसक्ने विद्यार्थीलाई समेत कक्षा ११ मा अध्ययनका लागि रोक्न नहुने सुझाव दिए  । 
 
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सम्बन्धित पक्षको सहकार्यबाट प्रवेशिकामा ग्रेडिङ र प्रतिशत दुबैको व्यवस्था गर्न सकिने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ