arrow

घरेलु हिंसा रोक्न बाजुराका सरोकारबाला प्रतिबद्ध

logo
प्रेम रौले,
प्रकाशित २०७३ असार ९ बिहिबार
bajauraas.jpg.jpeg
 बाजुरा । जिल्लामा रहेका सरोकारवालाहरु महिला माथि हुने घरेलु तथा सामाजिक हिंसा रोक्नका लागि प्रतिबद्ध भएका छन् । महिला माथि हुने दुर्व्यवहारलाई अन्त्य गर्नका लागि राजनितीक दल सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु प्रतिबद्ध भएका हुन् ।
 
जिल्लामा अत्याधिक मात्रामा मदिरा सेवन गरी महिलामाथि विभिन्न खालका हिंसा हुदै आएकाले मदिरा नियन्त्रण गरी हिंसा रोक्नका लागि प्रतिबद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ  । जिल्ला प्रहरी कार्यालय बाजुराले गरेको मदिरा सम्बन्धी कानुनी व्यवस्था तथा लैंगिक हिंसा बारे जिल्लाका सरोकारवालाहरु संगको अनुशिक्षण कार्यक्रममा  प्रतिवद्ध जानएका हुन् ।
 
जिल्लामा घरेलु हिंसा नै मदिराको कारण भएकाले मदिरा नियन्त्रणका लागि थालिएको कामलाई  सहयोग गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले सरोकारवालाहरुलाइ आग्रह गरेको छ । गएको दुइ महिना यता मात्र विभिन्न ठाउहरुबाट २ हजार ९ सय ७० मदिरा नष्ट गरेको बताइएको छ । अत्यधिक मदिरा सेवनले घरेलु हिंसा बढेको भन्दै यसलाइ रोक्नका लागि पहल गर्न सरोकारबालाहरु संग माग गरेको छ । मदिरा सेवन गरी हो हल्ला गर्नेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराका सहायक प्रहरी निरक्षिक कृष्ण बहादुर खड्काले बताएका छन् । 
 
अबैध रुपमा उत्पादन हुदै आएको मदिरालाई विक्री वितरण नगर्न जिल्ला प्रहरी कार्यालय बाजुराले होटल व्यवसायीहरुलाइ आग्रह गरेको छ । मदिरा सेवनले जनधनको क्षती हुनुका साथै शरिरलाइ समेत असर गर्ने भएकाले यसलाइ रोक्न सबैले एक भएर लाग्नुपर्ने पीसविन कार्यक्रम प्रबन्धक जुद्ध बहादुर रावलले बताएका छन् । उनले महिला हिंसा र मदिरा नियन्त्रणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
 
अनुशिक्षण  कार्यक्रममा महिला घरेलु तथा सामाजिक हिंसा पिडीत नभइ पुरुषहरु पनि महिलाबाट पडिीत हुदै आएको बताइएको छ । १ हप्ता अगाडी मात्र श्रीमतीले घरबाट निकालेको भन्दै बडिमालिका नगरपालिका ९ का एक पुरुष उजुरी दिन जिल्ला अदालत पुगेको बताइएको छ । मदिराले गर्दा बढी उत्तेजना जगाउने,मानविय संबेदना गुमाउने र घरेलु हिंसामा बृद्धी हुने भएकाले यसलाई निर्मुल पार्न सबैले लाग्नुपर्ने महिला अधिकार कर्मी सिता विश्वकर्माले बताइन् । उनले अशिक्षित भन्दा बढी शिक्षित व्यक्तिले नै बढी मदिरा सेवन गरी महिला माथि घरेलु तथा अन्य जगन्य अपराध गर्ने गरेको बताइन् ।
 
अनुशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जिल्लालाइ शान्ति  सुव्यवस्था गर्नका लागि महिला माथि हुने घरेलु तथा अन्य हिंसा रोक्न जरुरी रहेको बताएका छन्  । मदिरा सेवन गरी घरेलु तथा अन्य अपराध गर्नेलाइ कानुनी कारबाही गर्ने बताए । अबैध मदिरा विक्री वितरण गरेमा मदिरा ऐन २०३१ बमोपजम कारबाही गरिने बताएका छन् । मदिरा अनुमती पत्र दिदा स्थललगत निरिक्षण गरी दिन अग्रहरु गरेका छन् ।
 
मदिरा सेवनका कारणले पहिले भन्दा अहिले जिल्ला अदालतमा मुद्धाहरु बढ्दै गएको नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति कविराज पण्डितले बताएका छन् । उनले भने मदिरा र महिला हिंसा अन्य गर्नका  लागि नारामा मात्र भन्दा अभियानका  रुपमा लाग्नुपर्न बताएका छन् । पछिल्लो समयमा हेर्दा अशिक्षित भन्दा बढी शिक्षितहरुले मदिरा सेवन गर्ने गरेको उनके भनाइ छ । मदिरा विक्री वितरण अबैध भएकाले यसलाई न्यनिकरण गर्न सबैले एक भएर लाग्नुपर्ने नेकपा एमाले जिल्ला कमिटि उपसचिव गगन  रावलले बताएका छन् ।
 
अनुशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका विनिता वि.क.राप्रपाका जिल्ला अध्यक्ष चन्द्र बहादुर शाह, राप्रपा नेपालका कान्त बहादुर शाही  उद्योग बाणिज्य संघका अध्यक्ष देब बहादुर रोकाया गैसस महासंघ अध्यक्ष काँशी वि.क.नेपाल पत्रकार महासंघका सहसचिव निमेन्द्र शाहीले महिला सिता विश्वकर्माले मन्तव्य राखेका थिए । अनुशिक्षणमा महिला दलित र सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ