arrow

एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक ’,अब मात्र रु ८ मा ३० मिनेट टक टाइम

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
ncell.jpg.jpeg
काठमाडौं। देशको अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । जस अन्तर्गत  एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम कर सहित मात्र रु ८ मा खरिद गर्न सक्छन् ।
 
सो भ्वाइस प्याक योजना यहि बुधबार (असार ०८) बाट लागु हुने कम्पनीले जनाएको छ । सो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक कर सहित मात्र रु ८ मा खरिद गर्न सक्छन् र प्याक सुचारु भए पछि कर सहित मात्र २७ पैसा प्रति मिनेटमा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सक्छन् । यो प्याकको सुविधा बिहान ५.०० बजे देखि बेलुका ५.०० सम्ममा लागु हुनेछ । यो प्याक सुचारु गरेको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ र ग्राहकले बिहान ५.०० बजे देखि बेलुका ५.०० सम्ममा यो सेवा प्रयोग गर्न सक्नेछन् ।
 
एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी यो प्याक सुचारु गरी योजना अन्र्तगतको सुविधाको लाभ लिन सक्छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् र पछिल्लो पटक सुचारु प्याकको आधारमा समयावधि थपिनेछ ।
 
“आफ्ना प्रिपेड ग्राहकका लागि कर सहित मात्र २७ पैसा प्रति मिनेटको दरमा एनसेलको अन्य नम्बरमा कल गर्न सकिने यो आकर्षक प्याक ल्याउन पाउँदा हामी हर्षित छौ । प्याकको समयावधि २४ घण्टा रहेकोले दिउँसो प्याक सुचारु गरेका ग्राहकले टकटाईम बाँकी छ भने भालिपल्ट बिहान ५ बजेबाट दिउँसो सम्म पनि यो टक टाइम प्रयोग गर्न सक्छन्,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो अफर ग्राहकहरुलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्घताको एउटा अर्को प्रमाण हो,” शर्माले भने । 
 
प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । ग्राहकले पनि एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । यो योजना ९० दिनको लागी लागु हुनेछ ।
 
यस अघि ल्याईएको दैनिक र साप्ताहिक भ्वाईस प्याकहरुलाई पनि एनसेलले स्थाई बनाएको छ । जस अन्तर्गत ग्राहकले दैनिक भ्वाईस प्याकमा कर सहित रु १ रुपैयाँ र साप्ताहिक भ्वाईस प्यार्कमा कर सहित ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ