arrow

विधायन समिति अनिर्णीत

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
516135258.jpeg
काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको विधायन समिति फेरि पनि अनिर्णीत भएको छ । पुनःनिर्माण प्राधिकरण संवन्धी विधेयकलाई संशोधन गर्नु पर्ने सत्ता पक्षीय दलहरुको अडानका कारण आइतबार (आज) को बैठक पनि अनिर्णीत भएको हो । काँग्रेस सभापति सुशील कोईराला नेतृत्वको सरकारले दर्ता गराएको विद्ययकलाई तत्काल अगाडी बढाउन काँग्रेसले दवाव दिदै आएको भएपनि सत्तापक्षीय दलहरुले संशोधन गरेर मात्रै अगाडी बढाउने अडान लिदै आएको छ । 
 
समितिले पारित गरेको भए सो  विधेयकलाई आज बस्ने व्यवस्थापिका संसदको बैठकमा पेश गर्ने सरकारी योजना थियो । विधायन समितिमा सहमति हुन नसकेको पुर्ननिर्माण प्राधिकरण विधेयक, संविधान संशोधन प्रस्ताव र मधेशी मोर्चाको आन्दोलन अन्त्य गर्ने लगायतका विषयमा प्रमुख दलका नेताहरुले बेलुकी छलफल गर्ने भएका छन् । 
 
उच्चस्तरिय राजनितिक संयन्त्रमा नेपाली काँग्रेस नरहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी प्रमुख दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन् । यसअघि, शनिबार नेपाली काँग्रेसले बोलाएको प्रमुख दलहरुको बैठकमा भने प्रधानमन्त्री ओली सहभागी भएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ