arrow

किशोरको ‘एक हरफ जिन्दगी’माथि अर्न्तक्रिया

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
ek-haraf-jindaki-new.JPG.jpeg
काठमाडौं । युवा कवि किशोर घिमिरेको कविता संग्रह ‘एक हरफ जिन्दगी’माथि अर्न्तक्रिया भएको छ । अन्तक्र्रियामा वरिष्ठ समालोचक डा. लक्ष्मणप्रसाद गौतमले किशोरका कवितामा प्रेमभाव बढी झल्किएको बताए । गौतमले मुलुक विभिन्न उतारचढावले पीडामा भए पनि किशोरका कवितामा सकारात्मक भावना पैदा गर्न सक्ने क्षमता भएको उल्लेख गरे । 
 
यस्तै, समालोचक एवं साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले कविताको प्रतिस्पर्धा बढेकाले समय सान्दर्भिक लेख्न जोड दिँदै लेखकमा सबैभन्दा ठूलो कुरा धैर्य हुनुपर्छ भने । अर्न्तक्रियामा वरिष्ठ संचारकर्मी एवं पुस्तकका चित्रकार भरत शाक्यले पनि किशोरका कविता हेरेर चित्र कोरेको प्रसङ्ग सुनाए । गीतकारसमेत रहेका किशोर घिमिरेको पहिलो कविता संग्रह ‘एक हरफ जिन्दगी’मा समसामयिक ६६ कविता छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ