arrow

बजेट भाषण बहिस्कार : ‘ढाँट्न पनि नजान्ने नाङगो सरकार’

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
CA-building.jpg.jpeg
काठमाडौं । गृह कलह नै मिलेको छैन । जुन घरमा गृह कलह हुन्छ त्यो घरमा शान्ति र समृद्धिको कल्पना गर्न सकिँदैन । नेपालको हकमा पनि त्यही हो । शनिबार सरकारको बजेट सार्वजनिक गर्न बसेको व्यवस्थापिका संसद बैठक बहिस्कार गरेका  संघीय गठबन्धन नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले हाम्राकुरासंग भने, ‘वर्तमान आर्थिक वृद्धि ०.७७ प्रतिशत छ । यस्तो अवस्थामा सरकारकोे खर्च गर्न सक्ने हैसियत नै छैन । अर्कोतिर राजनीतिक समस्या समाधान नभई कसरी आर्थिक विकास र बजेटको प्रभावकारी कार्यान्वयन हुन्छ ? ।’ राजनीतिक समस्या समाधान नगर्ने अर्थतन्त्रमा देश डुवाउने कसरी अबको आर्थिक लक्ष्य समाजवाद उन्मुख भनियो ? आश्चर्य लाग्छ । 
 
तपाईहरु जहिलेपनि विरोध गर्नु हुन्छ, सम्वाद थाल्नु हुन्न दोषारोपण मात्रै त हो नी हैन ? जवाफमा नेता भण्डारीले भने, ‘हामीले सम्वादमा नाई नास्ति गरेकै छैनौं । वार्ताका लागि सर्वदलीय बैठक डाक्ने पनि कँही हुन्छ । यस्तो नियम संसारमै छैन ।’ सरकारले आन्तरिक रोगको उपचार खोजेपछि मात्रै समृद्धिका बाटाहरु सहज हुन्छन् । भण्डारीले यो पपुलिष्ट बजेट मुलुक र जनताको हितमा नरहेको बताए । उनले थपे, ‘यसले मुद्रास्फिती अझै बढाउनेछ । नाका बन्दी खुलेको ३ महिना भन्दा बढी भइसक्दा समेत कालोबजारी नियन्त्रण हुन सकेको छैन । आर्थिक स्रोतहरु जुटाउने पहल भएको छैन । १ वर्ष सम्म पनि भूकम्प पीडितले वासस्थान पाएका छैनन् । अनि कसरी भन्ने जनहितको बजेट भनेर ? ।’ पहिले आन्तरिक कलह समाधान गर्नु पर्छ ।  
 
ढाँट्न पनि नजान्ने नाङगो सरकार 
नेता भण्डारीले सरकारले विभिन्न महत्वकांक्षी कुराहरु गरेर जनतालाई ढाँटिरहेको बताए । बजेटकै सन्दर्भबाट कुरा गर्दै उनले भने, ‘यो फेलियर बजेट हो । झुटको खेती बाहेक केही छैन । कसरी यस्ता कार्यक्रम कार्यान्वयन हुन्छन् । यो सरकार आफै नाङ्गिरहेको छ । ढाँट्न समेत नजान्ने नाङ्गो सरकार भन्दा हुन्छ ।’ सामाजिक सुरक्षा भत्ता दोब्बर वृद्धि भएको भनिएको छ तर मुक्त कम्लरीहरुले पाउने १ लाख रकम समेत अहिले सम्म पाएका छैनन् । अहिले कमैया र कम्लरीहरु रानधानी केन्द्रीत आन्दोलनमा छन्, भण्डारीले भने, ‘गाउँपालिका र नगरपालिकाको सीमा तोक्न बनेको आयोगलाई फागुन सम्मको समय दिइएको छ । तर स्थानीय निकायको निर्वाचन मंसिरमा गर्छु भनिरहेको छ, सरकारले ढाँट्न समेत जानेको छैन ।    
 
यस्तै, गठबन्धन नेता एवं सद्भावना महामन्त्री मनीष सुमलले आफुहरुले हावा बोल्ने र हावादारी काम गर्ने सरकारको बजेट कार्यक्रम बहिस्कार गरेको बताए । संसद मोर्चा र गठबन्धन दुवैले बहिस्कार गरेको उनले जानकारी दिए । बजेटबारे कुरै नगरौं भन्दै उनले भने, ‘हावा र महत्वकांक्षी हो । यी कार्यक्रम लागु हुँदैनन् ।’ देशभर जनताको तीब्र असन्तुष्टी छ । आन्दोलनरत मधेसी मोर्चा सहितको संघीय गठबन्धनका ९ दलले व्यवस्थापिका संसद पटक–पटक बहिस्कार गरेका छन् । शनिबार समेत उनीहरुले संसद बहिस्कार गरे । मधेसी मार्चामा आवद्ध सात दल, थरुहट थराई पार्टी र नेवा पार्टीले संसद बहिस्कार गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ