arrow

आर्थिक बृद्धि ०‍‍.७७ प्रतिशतबाट ६.५ पुर्‍याउने लक्ष्य

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
bishnu-poudel.jpg.jpeg
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.७७ प्रतिशतबाट ६.५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । सरकारले चालू आर्थिक वर्षमा ०.७७ प्रतिशतमा आर्थिक वद्धि सीमित हुने अनुमान गरेको थियो । साथमा सरकारले झण्डै १० प्रतिशत पुगेको मूल्यवृद्धि भने ७.५ प्रतिशतमा सीमित राख्ने सरकारको अनुमान छ । 
 
तर, सरकारको यो लक्ष्यलाई नीजि क्षेत्रले भने महत्वाकांक्षी लक्ष्य भन्दै पूरा गर्न असम्भव जस्तै रहेको टिप्पणी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि लिएको यस्तो लक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघले कठिनाई औंल्याएको छ । महासंघका अध्यक्ष पशुपति मुरारकाले असम्भव नै नभएपनि यो पूरा गर्न भने ज्यादै कठिन लक्ष्य रहेको बताएका छन् । 
 
सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा ०.७७ प्रतिशतको संशोधित अनुमान गरेको छ । त्यसैगरी, सरकारले आगामी आर्थिक वर्ष मुल्यवृद्धि ७.५ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा सरकारले मुल्यवृद्धि ९.५ प्रतिशतमा राख्ने लक्ष्य राखेको थियो । तर, मूल्यवृद्धि ९.७ प्रतिशत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ