arrow

तलब बढेका कर्मचारीहरू नै बजेट प्रति असन्तुष्ट !

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
news-budjet.jpg.jpeg
काठमाडौ‌। सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमा २५ प्रतिशत तलब बढेका कर्मचारी संगठहरूले नै असन्तुष्टि जनाएका छन्। 
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको बजेटमा आफूले माग गरेबमोजिमको तलब नबढाईएको भन्दै कर्मचारी संगठनहरूले असन्तुष्टि जनाएका हुन्।
 
नेपाल निजामति कर्मचारी युनियनका महासचिव जीतबहादुर मडैले आफूले ५० प्रतिशत तलब बृद्धिको माग गरेकोमा जम्मा २५ प्रतिशत मात्रै तलब बृद्धि गरिनुले कर्मचारीहरूलाई उत्साहित गराउन नसकेको धारणा व्यक्त गरे। उनले आफूले केही समय अगाडि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई दिएको ज्ञापन पत्रमा समेटेको एकदिनको तलब बराबरको ग्रेडप्रणालीको सुरूवात गरिएको कामलाई भने उनले स्वागत गरे। ‘यो हाम्रो माग पूरा भएको छ। यसमा हाी स्वागत गर्छौ’ उनले भने ‘तर तलबमा भने कर्मचारीलाई कर्मकाण्डी पाराले बजेट विनियोजन गरिएको महसुश हामीले गरेका छौं ।’  
 
त्यस्तै, एमाले निकट कर्मचारी संगठनका अध्यक्ष पुण्य प्रसाद ढकालले कर्मचारीहरू सन्तुष्ट हुने गरि बजेट आउन नसकेको टिप्पणी गरे । ‘देशको अवस्था हेरेर चित्त बुझाउनु परेको मात्रै हो’ उनले भने ‘तर अन्यत्रको भन्दा त यो बजेट निकै कम हो चित्त बुझाउन सक्ने अवस्था नै रहेको छैन ।’ उनले कर्मचारीको तलब बढाएकोमान एमाले पार्टी, प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद दिन चाहेको पनि जानकारी दिए । यसरी कर्मचारीहरूको तलब बढेकोमा कर्मचारी नै असन्तुष्ट भएपछि एमालेको पपुलिष्ट योजनाको समेत अस्तिव्व खोजी गर्नुपर्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ