arrow

अर्थमन्त्रीले बजेटमा उठेका जिज्ञासाको २० गते जवाफ दिने

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
bisnu-paudel-new.jpg.jpeg
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिकास संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे उठेका जिज्ञासाको जवाफ २० गते बस्ने संसद बैठकमा दिने भएका छन् । अर्थमन्त्रीले १९ गतेको समय मागेकामा सभामुख ओनसरी घर्तीले २० गतेको समय उपलब्ध गराएकी हुन् । 
 
सांसदहरुले आफ्ना संशोधन प्रस्ताव बैठक बस्नु १ घण्टा अघि संसदको कार्यव्यवस्था शाखामा बुझाउन सक्ने छन् । संसदको अर्को बैठक १७ गते सोमबार ११ बजे डाकिएको छ ।  अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ