arrow

ओली सरकार बजेट: जनता चुस्दै कर्मचारी पोस्दै

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
bishnu-poudle.jpg.jpeg
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट सांसद् र कर्मचारी पोस्ने तथा जनतालाई भने सौस्ने खालको आएको छ । पपुलिष्ट भनेर चर्चा गरिएको केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटले जनतालाई महंगीको शिकारमा पार्दै सांसद् तथा कर्मचारीको लागि मात्रै पपुलिष्ट बजेट ल्याएको टिप्पणी हुन थालेको छ । 
 
चालू आर्थिक वर्षको लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रूपैयाँको बजेट विनियोजन गर्दै सरकारले कर्मचारीको विद्यामान तलवमा २५ प्रतिशतले हुन आउने गरी तलबमा बृद्धि गरेको छ । अब एउटा अधिकृत तहमा व्यक्तिले ३०, ५०० रूपैयाँ पाउने भएका छन् । सरकारले सांसद् विकास कोषमा अघिल्लो सरकारले सांसदहरू उच्च दबाबको भरमा परी १५ लाख बनाएकोमा यो सरकारले ५० लाख पुर्‍याएको छ । यसले सांसद्हरूको सीधा अधिनमा जिल्ला विकास समिति मार्फत् खर्च गर्न पाउने सो रकममा बृद्धि गर्दा रकम सदुपयोग भन्दा पनि दुरूपयोग हुने सम्भावना बढी रहेको विज्ञहरूले दाबी गरेका छन् । त्यस्तै, निर्वाचन क्षेत्र विशेष कार्यक्रममा पनि २०० प्रतिशत बृद्धि गर्दै तीन करोड पुर्‍याईएको छ । पहिले एक करोड रहेको सो कोषको रकम अहिले तीन करोड पुर्‍याईएको छ । 
 
उता, जनतालाई भने यो बजेट महंगो साबित भएको छ । सरकारले ल्याएको बजेटले सबै पेट्रोलियम पदार्थमा प्रति युनिट ५ रूपैयाँ बृद्धि गरेको छ । सो रकम भन्सारमा नै तिरेर आउने भएकोले जनताले सीधा महंगीको मार खेप्नुपर्ने भएको छ । त्यस्तै कर्मचारीको तलबबृद्धिले पनि जनतालाई भने महंगीको मारमा पार्ने निश्चित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ