arrow

बजेट (०७३–०७४) : झापा र काठमाडौंमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
news-budjet.jpg.jpeg
काठमाडौं । सरकारले काठमाडौंको मूलपानीमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमका लागि बजेट विनियोजन गरेको छ । बजेटमा तीन वर्षभित्र मूलपानी, धनगढी र भैरहवामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने उल्लेख छ । यस्तै सरकारले प्रत्येक प्रदेशमा एउटा रंगशाला निर्माण गर्ने कार्यक्रम अघि सारेको छ । 
 
झापाको लखनपुर र काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । यस्तै धनगढीको फाप्ला क्रिकेट मैदानको क्षमता विस्तार तथा स्तरोन्नती गरिने भएको छ । नेपालले दुई वर्षपछि आयोजना गर्ने दक्षिण एसियाली खेलकुद सागका लागि तत्काल खेल संरचनाहरु निर्माण गर्ने सरकारी योजना छ । सन् २०१८ मा नेपालमा हुने १३औं सागको आयोजनाका लागि पूर्वाधार निर्माण गर्न बजेट विनियोजनसमेत गरिएको छ ।
 
साग मोफसलमा खेलाउने गरी भौतिक संरचना तयार गरिने भएको छ । यस्तै, पटक–पटक सर्दै आएको सातौं राष्ट्रिय खेलकुद संचालन गर्न २० करोड बजेट विनियोजन भएको छ । सुदूरपश्चिमाञ्चलमा चार वर्षअघि भएको छैटौं राष्ट्रिय खेलकुदपछि अर्को संस्करण गत वर्ष पूर्वाञ्चलमा हुने भनिए पनि पटक–पटक सर्दै आएको छ । २०६५ सालमा भएको पाँचौ राष्ट्रिय प्रतियोगितामा झन्डै १७ करोड रुपैयाँ खर्च भएको थियो । त्यस्तै हरेक निर्वाचन क्षेत्रमा एउटा खेल मैदान, सबै जिल्लामा प्रत्येक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने, मुस्ताङ र सोलुखुम्बुमा हाइ अल्टिच्यूट स्पोर्टस एकेडेमीका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ