arrow

१० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट विनियोजन

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
news-budjet.jpg.jpeg
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । व्यवस्थापिका संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष भन्दा २८ प्रतिशतले वृद्धि गर्दै बजेट प्रस्तुत गरेका हुन् । 
 
कुल विनियोजनमध्ये चालुतर्फ रु छ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार अर्थात् ५८.९ प्रतिशत र पुँजीगततर्फ रु तीन खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार अर्थात् २९‍‍.७ प्रतिशत विनियोजन गरेको अर्थमन्त्री पाैडेलले सुनाएका छन् । नेपालको संविधानअनुसार आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना अगाडि प्रस्तुत गरिएको यस बजेटमा वित्तीय व्यवस्थातर्फ एक खर्ब १९ अर्ब ८१ करोड नौ लाख अर्थात् ११.४ प्रतिशत विनियोजन गरिएको छ ।
 
यो खर्च अनुमान चालु आर्थिक वर्ष २०७२/०७३ को विनियोजनको तुलनामा २८ प्रतिशत र संशोधित अनुमानको तुलनामा ४९.६ प्रतिशतले बढी हो । राजस्वबाट सरकारले ५ खर्ब ६५ अर्ब ८९ करोड उठ्ने अनुमान गरेको छ । यस्तै वैदेशिक अनुदान १ खर्ब १० अर्ब ८९ करोड र ऋण १ खर्ब ९५ अर्ब तथा एक खर्ब ११ अर्ब आन्तरिक ऋणबाट पूर्ति गर्ने सरकारको योजना छ ।  बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले अबको आर्थिक लक्ष्य समाजवादतर्फ उन्मुख भएको उल्लेख गरेका छन् । 

बजेट राम्रो भएपनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको विज्ञहरुले औल्याए । पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीले बजेट निकै महत्वपूर्ण आएको र कार्यान्वयन गर्न सके राम्रो हुने । यस्तै नीजि क्षेत्रले समेत बजेट कार्यान्वयनको चुनौती औंल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बजेट राम्रो भएपनि कार्यान्वयन गर्न चुनौती रहेको बताए । यस्तै, नेपाल चेम्बरअफकमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले समेत चुनौती औंल्याए । 

  • बजेट भाषण सकियो । २ घण्टा ८ मिनेट भाषण गरे विष्णु पौडेलले ।  18:16:44

  • मानविय सुरक्षा उल्लेखनिय प्रगति हुने अर्थमन्त्रीको विश्वास । यो बजेटले आपूर्ति व्यवस्थामा भएको उतारचढावलाई नियन्त्रण गर्ने ।  18:13:52

  • २५ प्रतिशत तलब बढ्दा एक जना सरकारी अधिकृतको तलब ३० हजार ५०० पुग्नेछ। यसअघि अधिकृत तहका सरकारी कर्मचारीले २४ हजार ४०० रुपैयाँ बुझ्दै गरेका थिए ।  18:11:38

  • बजेट  १० खर्ब ४८ अर्ब  ९२ कराेडकाे । चालु आर्थिक वर्ष भन्दा २८ प्रतिशतले अंक बढ्यो । 17:58:50

  • सामाजितक सुरक्षा भत्तामा दोब्बर बृद्धि, पहिले १ हजार थियो । अब २ हजार पुग्यो । 17:56:12

  • नीजामति कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि । महंगि भत्ता यथावत । नागरिक मारमा । उपभोक्ताको ढाड सेकिने । 17:52:32

  • आउने आर्थिक वर्षभित्र दुईवटा वाइडबडी विमान खरिद गरिने। राष्ट्रपति उत्थान कार्यक्रम ।  17:51:48

  • नुवाकोट र बाँकेमा आधुनिक कारागार निर्माण ।  17:49:48

  • प्लाष्टिक झोला आयात निर्यात बन्द गरिने । नयाँ घरमा एक सोलार अनिवार्य ।  17:48:55

  • सुचना प्रविधि : काठमाडौ उपत्यकामा फोरजी र ७२ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने । 17:47:05

  • पुनरावेदन अदालतलाई उच्च अदालत बनाउन आवश्यक पहल गर्ने ।  17:43:54

  • सार्वजनिक भवन, स्कूल, अस्पताल स्थललाई अपाङता मैत्री बनाउन अनिवार्य गरिने 17:43:01

  • निर्वाचन क्षेत्रविकासका लागि हरेक सांसदलाई ५० लाख दिने । यसअघि, १५ लाख थियो ।  17:39:48

  • तुइन विस्थापिन गर्न झोलुङ्गे पुल बन्नो : १ अर्ब बजेट विनियोजन ।  17:36:44

  • सांसदलाई दिइने घर भाडा बढाइयो ।  17:35:27

  • निर्वाचन क्षेत्र विकास विशेष कार्यक्रमका लागि सांसदलाई ३ करोड दिइने । यस अघि १ करोड थियो ।  17:34:47

  • आफ्नो गाउँ आफै बनाउँ भन्ने कार्यक्रम व्यूँतियो । गाउँमा जाने रकममा दोब्बर वृद्धि ।   17:32:57

  • पत्रकारलाई सरकारी अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुट ।  17:31:01

  • हरेक गाविसमा हेलिप्याट निर्माण ।  17:28:05

  • खेल : प्रत्येक प्रदेशमा एक रंगशाला निर्माण गर्ने ।  17:19:53

  • सबै नेपालीको स्वास्थ बीमा ३ वर्ष भित्रमा गरिने ।  17:18:46

  • मदन भण्डारीमय बजेट विज्ञान प्रविधि प्रविधि प्रयोगशाला हैटौडामा   17:18:07

  • मदन भण्डारीमय प्राविधिक विश्वविधालय स्थपना गरिने हैटौडामा 17:17:44

  • झापाको बहुरादहमा कृषि क्याम्पस स्थापना गर्ने ।  17:15:12

  • एक प्रदेश एक मेडिकल कार्यक्रम अन्तर्गत बर्दिवास, बुटबल र सुर्खेतमा मेडिकल कलेज स्थापना गरिने ।  17:14:42

  • शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई विशेष जोड दिइने । यसमा महत्वपूर्ण योगदान गर्ने नीजि कलेजलाई सम्मान गर्ने ।  17:13:23

  • उच्च शिक्षा निशुल्क गर्न सकेन सरकारले । माध्यामिक तह सम्मको शिक्षा निशुल्क । दलित तथा सिमान्तकृतका बालबालिकालाई सबै तहको शिक्षा निशुल्क गर्ने ।  17:11:35

  • काभ्रेमा १० हजार मेट्रिक टन ग्यास भण्डारण लागि संरचना निर्माण ।  17:08:48

  • बैंक मार्फत रेमिट्यान्स पठाउनेहरुलाई घर जग्गा रजिष्ट्रेशन गर्दा २५ प्रशित छुट दिइने ।  विदेशमा दुःख पाइ अलपत्र परेका कामदारको लागि कुटनितिक पहल गर्ने ।   17:08:40

  • श्रमिकहरुको कल्याणका लागि सामाजिक सुरक्षा कार्यक्रम ।    अनौपचारिक क्षेत्रका मजदुरको जीवन विमाको व्यवस्था गरिने ।    राष्ट्रिय रोजगार कार्ययोजनालाई प्रभावकारी बनाउने ।  17:05:23

  • दलित समुदायको परम्परागत पेशालाई अत्याधुनिक बनाइने ।  17:04:05

  • २६ जिल्लामा राष्ट्रपति चुरे संरक्षण कार्याक्रमका लागि १ अर्ब ८८ करोड बजेट विनियोजन ।  17:02:18

  • कालिगण्डकी तिनाउको विस्तृत अध्ययन । सिचाई नहरको मूल नहरमा माछा र सोलार राखिने ।  17:01:13

  • १२ बटा नदी व्यवस्थापन । नदी कटान नियन्त्रण जोड ।  16:59:58

  • हरुवा चरुवाको पहिचान गरी पुनःस्थापना गर्ने ।  16:58:56

  • सिक्टा रानी जमरा, भेरी बबई ५ अर्ब ३५ करोड ।  बाग्मती सिचाई आयोजनाका लागि बजेट विनियोजन ।  16:58:33

  • ५ वर्षमा कृषि योग्य भूमिमा सिचाई पुर्‍याइने । 16:56:47

  • नीजि वन विकास प्रवद्र्धन कार्यलाई ११ जिल्लामा विस्तार गर्ने ।  16:54:29

  • भक्तपुरको सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान केन्द्र निर्माणका लागि पहल गर्ने ।  16:54:01

  • वन डढेलो लगाउने अपराधिलाई कडा कारबाही गर्ने ।  16:53:13

  • भित्रिमधेस –धरान चतरा सिन्धुलीबजार सडक निर्माणमा २ अर्ब २० करोड विनियोजन ।  16:45:27

  • माओवादीलाई मनाउने लाइन : अयोग्य पूर्व माओवादी लडाकुलाई दुई लाख दिइने ।  16:43:54

  • भक्तपुरलाई सांंस्कृतिक शहरको रुपमा विकास गरिने । 16:42:58

  • तराई–मधेस हुलाकी राजमार्गका लागि ४ अर्ब २० करोड ।  16:42:01

  • काठमाडौं उपत्यकामा थप एउटा स्याटेलाइट शहर बनाउन काम गरिने । जसका लागि भू–उपयोग नीति बनाउने । 16:40:53

  • काठमाडौंमा मेट्रो रेल चलाउन आवश्यक श्रोत जुटाउने । एक सहर एक पहिचानलाई प्राथमिकता ।  16:38:43

  • तराई तथा मुख्य शहरी जिल्लालाई ५० करोड बजेट दिने ।  16:37:14

  • भुकम्प पिडितलाई घर निर्माण गर्न सामूहिक जवानीमा तीन लाख निर्ब्याजी श्रण सहयोग गर्ने ।  16:36:19

  • पुनःनिर्माणलाई प्राथमिकता दिइने र स्रोतमा कमि हुन नदिने  । 16:36:11

  • स्थानीय निर्वाचन मंसिरमा गर्ने । राजनीतिक सहमति जुटाउने ।  16:35:04

  • संघियताको कार्यान्वयन गर्न १३८ विधेयक संसदमा प्रस्तुत गरिने ।   16:34:50

  •   बुढीगण्डकीका लागि स्रोत जुटाउन पेट्रोल डिजेल र हवाई इन्धनमा ५ रुपैयाँ पूर्वाधार कर । 16:32:21

  • द्रुत मार्ग (फास्ट ट्र्याक) को प्रारम्भमा १० अर्ब बजेट विनियोजन ।  16:31:10

  • जलविद्युत् आकर्षण : ‘घर घरमा विजुली जनजनमा शेयर’ नयाँ कार्यक्रम ।    16:29:22

  • बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले अबको आर्थिक लक्ष्य समाजवादतर्फ उन्मुख भएको उल्लेख गरेका छन् ।  16:26:05

  • बुढीगण्डकी आयोजना निर्माणमा ६ मिहनामा मुआब्जा दिने । ५ अर्ब ३३ करोड खर्च ।  16:23:28

  • पुनः निर्माणमा एक खर्व ४० अर्ब ६६ करोड विनियोजन ।  16:21:54

  • प्राथमिकता :– पुनःनिर्माण – जलविद्युत् – सडक निर्माण– सिचाई– पर्यटन– सामाजिक सुरक्षा– कृषि – स्वास्थ्य । 16:18:55

  • उदेश्यहरु : –संविधान कार्यान्वयन –भूकम्पपछिको पुनःनिर्माण –लगानी प्रवद्र्धन –गरिबी घटाउने  –गुणस्तिरीय शिक्षामा जोड  16:16:34

  • भूकम्प पछिको पुनः निर्माण, भौतिक निर्माण प्राथमिकतामा ।  16:14:36

  • वैदेशिक रोजगारीबाट आउने बिप्रेषण (रेमिट्यान्स) १३ प्रतिशतले वृद्धि । 16:13:49

  • अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रस्तुत गर्दै छन् ।  16:12:05

  • संसद बैठक तोकिएकै समयमा सुरु भयो । ४ बजेर २ मिनेटमा राष्ट्रिय गान बज्यो ।  16:11:07



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ