arrow

नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्रीको बधाई

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
Li-Keqiang.jpg.jpeg
बेइजिङ। नेपालको गणतन्त्र दिवसका अवसरमा चीनले नेपाललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । शनिबार परेको नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत नेपाली जनतालाई शनिबार बधाई ज्ञापन गरेका हुन् । 
 
चिनियाँ प्रधानमन्त्री खछ्याङले दिएको बधाई सन्देशमा चीन र नेपालले सधैं समान एवम् पारस्पारिक सहयोगी सम्बन्ध कायम गर्दै आएको बताएका छन् । 
 
खछ्याङले चीन र नेपाल छिमेकी राष्ट्रका हैसियतमा आपसमा सहयोगी सम्बन्धमा विश्वास गर्ने पनि बताए  । चीन सधैँ नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता एवम् क्षेत्रीय अखण्डताको पक्षमा रहेको पनि सो सन्देशमा उनले बताए । 
 
नेपालसँग सधैँ बृहत साझेदारीका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि चीन सधैँ दिगो सम्बन्ध विकासका पक्षमा चीन रहेको पनि उनले बताए । 
 
सन् २००८ को मे २८ मा सम्पन्न भएको संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय गणतन्त्रात्मक देशका रुपमा घोषणा गरेको थियो । 
 
यो घोषणासँगै नेपालमा करिब २४० वर्षदेखि कायम रहेको राजतन्त्रको पनि अन्त्य भएको थियो । नेपालले शनिबार नवौँ गणतन्त्र दिवस मनाइरहेको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ