arrow

गुगलले नेपालको गणतन्त्र सम्झियो तर विवरण राख्यो भारतको

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
Google_RD1.jpg.jpeg
काठमाडौं। विश्वको सबैभन्दा ठूलो सर्च ईन्जिन गुगलले नेपालको गणतन्त्र दिवशको जानकारी आफ्नो गुगल डुडलमा दिएको छ। नेपालको राष्ट्रिय पंक्षी डाँफेको चित्र राखेर जानकारी दिएको गुगल चुकेको छ। माउस रोलओभर गर्दा 'ह्याप्पी नेपाल रिपब्लि डे भनेर देखाउँछ। 
 
उक्त डाँफेमा क्लिक गरेपछि भारतको गणतन्त्र दिवसको विवरण देखा परेको छ। गुगल जस्तो सम्मानित सुचना प्रविधी कम्पनीले नेाल र भारतमा छुट्टयाउन नसक्दा विश्वभरिका प्रयोगकर्ताहरुमा भ्रम सृजना हुन जाने निश्चित छ। 
नेपाल र भारत दुई भिन्न देश भन्ने जस्तो कुराको ख्याल गुगलले गर्न नसकेको देखिन्छ। विश्वभरि करोडौं प्रयोगकर्ता भएको गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई गलत सुचना दिनु गलत हो।
 
उक्त गल्ती मानविय त्रुटी हो वा जानजान गरिएको हो त्यो गुगलेल स्पष्ट पार्ने नै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ