arrow

किम जोङको धम्कीले हामि डराउँदैनौँ : दक्षिण कोरियाली राष्ट्रपति पार्क

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
MAIN-war-korea.jpg.jpeg
सोल । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाली सरकार प्रमुख किम जोङले पछिल्लो समयमा दिने गरेको आणविक परीक्षणको धम्कीले नडराउने बताएकी छन् । 
 
उनले शुक्रबार भनिन् , यस्तो धम्कीले हामी कुनै पनि हालतमा डराउँदैनौँ, हामीलाई यस्ता आणविक परीक्षणका विगतका धम्कीहरुले पनि केही गर्न सकेको छैन । 
 
आणविक परीक्षणको शृंखला नै चलाएको उत्तर कोरियाले पछिल्लो समयमा दक्षिण कोरियालाई चीसो पस्ने गरेको छ । उत्तरको आणविक परीक्षणका कारण यी दुई छिमेकी एक आपसमा पछिल्लो समयमा विवादमा पर्ने गरेका छन् । 
 
योनहाप समाचार समितिद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै  पार्कले तर अहिले पनि उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरिरहेको सूचना आफूले पाएको बताइन् । 
 
दक्षिण कोरियाले उत्तर कोरियासँग अघि बढाउन लागेको शान्तिको प्रयासलाई उत्तरले असफल तुल्याइदिएको पनि उनले बताइन् । 
 
 पार्कले उत्तरले हालैमात्र आफ्नो पार्टीको सातौँ राष्ट्रिय कंग्रेसका अवसरमा आफूलाई एक आणविक राष्ट्रका रुपमा परिचित नै गराएको दाबी पनि बताइन् । 
 
शान्तिवार्ता एवम् दुई देशबीचको समझ्दारीको एजेण्डालाई उत्तरले कहिल्यै पनि प्राथमिकतामा नराखेकोले पछिल्लो समयमा यसको सम्भावना पनि हराएको उनको भनाइ थियो । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ