arrow

करीना,शाहिद र आलिया अभिनित चलचित्र 'उडता पन्जाब' ले पाएन सेन्सर बोर्डको स्विकृति

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
udta-punjab-trailer-1.jpg.jpeg
एजेन्सी । अनुराग कश्यपको चलचित्र 'उडता पन्जाब' लाई  सेन्सर बोर्डले रोक लगाएको छ । चलचित्रमा करीना कपूर, शाहिद कपूर र आलिया भट्ट जस्ता कलाकारहरु मुख्य भूमिकामा रहेका छन् ।
 
पन्जाबमा लगु पदार्थको सेवनको विषयमा बनेको चलचित्र 'उडता पन्जाब' ट्रेलर रिलीज भएपछि चर्चामा आएको थियो । चलचित्रको ट्रेलरमा आलिया र शाहिद कपूर एक अर्कालाई  गालि गरेको देखाइएको छ । चलचित्रमा धेरै अपशब्द प्रयोग गरेको भन्दै सेन्सर बोर्डले चलचित्र रिलीज हुन दिएको छैन ।
 
बोर्डले गरेको निर्णयलाई लिएर अनुराग कश्यप आक्रोशित रहेका छन् । उनले बोर्डको सो निर्णय  बिरुद्ध आफु लड्ने बताएका छन् । अनुराग सो बिषयलाई  सूचना एंव प्रसारण मंत्रालय समक्ष  उठाउने भएका हुन् । चलचित्रको रिलीज मिति १७ जून राखिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ