arrow

सेवा विस्तारमा जुट्यो स्मार्ट टेलिकम

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
final-smart-telecom.jpg.jpeg
काठमाडौ । देशका अधिकांश भूभागमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले टावर विस्तारको काम अगाडि बढाइरहेको स्मार्ट टेलिकम जनाएको छ । ३४ जिल्लाहरुमा आफ्नो सेवा पुर्याएको स्मार्टले केही साताभित्रै नयां टावर काठमाडौं, पोखरा, नेपालगञ्ज, बिरगञ्ज र चितवनमा थपिसक्ने स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन शाक्यले बताएका छन । उनले भने, ‘केही साताभित्रै हामी सबै टावर थपेर सेवा विस्तारलाई तिब्रता दिनेछौ ।’ हाल दुईसय ५३ टावरबाट सेवा दिइरहेको स्मार्टले यही साता मात्रै नयां ४० टावर थपेको छ । 
 
नेपाल दूरसञ्चार प्राधिकरणबाट २०६५ असारदेखि ग्रामीण दूरसञ्चार अनुमति पत्र प्राप्त गरि करिब पच्चीस जिल्लामा सेवा सुरु गरेको कम्पनीले बैशाख २०७० मा एकिकृत दूरसञ्चार अनुमति पत्र प्राप्त गरेपछि सेवा थप विस्तार गर्न जुटे पनि आक्रमक भएर आउन सकेको थिएन । कम्पनीले नेपालको कानून तथा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनहरु बमोजिम कम्पनीलाई थप सुदृढ र फराकिलो बनाउन लागि परेको जनाएको छ । 
 
स्मार्ट सेलले देशका ३४ सुगम तथ दुर्गम जिल्लाका करि चौध लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । सेवा विस्तारका लागि टावरसहित कोर नेटवर्क लगायत आवश्यक प्राविधिक उपकरण जडान तथा जनशक्तिसमेत परिचालन गरिरहेको जानकारी दिएको छ । शाक्यले भने, ‘कम्पनीले लगानी थप गर्दै सेवा विस्तार गर्दा प्रविधिको विकासमा उल्लेखनिय टेवा मिल्ने हुन्छ भने अर्कोतिर प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीको सुअवसर प्राप्त हुने कुरामा यस कम्पनी विश्वस्त  छ ।’
 
सेवा विस्तारको लागि टावर र नेटवर्क लगायत आवश्यक प्राविधिक उपकरण जडान तथा जनशक्ति परिचालनलाई तिब्रता दिइरहेको जानकारी दिएको छ । शाक्यले भने, ‘कम्पनीले लगानी थप गर्दै सेवा विस्तार गर्दा प्रविधिको विकासमा उल्लेखनीय टेवा मिल्ने हुन्छ भने अर्कोतिर प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीको सुअवसर प्राप्त हुने कुरामा यस कम्पनी विश्वस्त छ ।’
 
स्मार्ट सेलले आगामी दिनमा ग्राहकवर्गवाट पाएको माया कायम राख्दै गुणस्तरीय सेवा देशैभरी उपलब्ध गराउनेमा विशेष योजना बनाएर अघि बढ्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ