arrow

नेपालमा राष्ट्रिय क्यानोनिङ्ग रन्देभू र गाइड ट्रेनिङ्ग हुँदै

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
canyoning.JPG.jpeg
काठमाडौ।नेपाल क्यानोनिङ्ग एशोसिएसनले यहि मे ३१ देखि जुन ९ सम्म क्यानोनिङ्ग गाइड ट्रेनिङ्ग र जुन ३ र ४ मा क्यानोनिङ्ग रन्देभू नुवाकोट जिल्लाको थानापाती गा.वि.स को थापागाँउमा रहेको छहरे झरनामा गर्ने भएको छ।
 
एसियामा नै पहिलो पटक अन्तराष्ट्रिय क्यानोनिङ्ग रन्देभू इ.स २०११ मा आयोजना गरेर विश्वको साहसिक पर्यटकको जमातलाई नेपाल तर्फ आकर्षित गरेर पर्यटन वर्ष सफल बनाउन महत्वपूर्ण सहयोग पुर्‍याएको नेपाल क्यानोनिङ्ग एशोसिएसनले आफ्नो बार्षिक कार्यक्रम अनुसार पर्वतिय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
 
इ.स २०१३ मा राष्ट्रिय क्यानोनिङ्ग रन्देभूमा दुई सय भन्दा बढि स्वदेशी तथा विदेशी क्यानोनिङ्ग प्रोफेसनल, पर्यटन व्यवसायी र अन्य विभिन्न क्षेत्र व्यक्तिहरुलाई सहभागी गराएर सफल आयोजना गरेको नेपाल छाँगावरोहण संघ फेरि पनि राष्ट्रिय क्यानोनिङ्ग रन्देभू गर्दैछ।
 
क्यानोनिङ्ग पर्यटनको विकासका लागि वर्षेनी यस्तो कार्यक्रमको आयोजना गर्दा क्यानोनिङ्ग प्रोफेशनलसहरुले एक आपसमा सिपात्मक ज्ञानको साटा साट गरेर दक्षता हासिल गर्ने र पर्यटन व्यवसायीहरुले पनि प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गर्ने हुनाले राष्ट्रिय तहकै पर्यटनको निकै महत्वपूर्ण कार्यक्रम भएको संघका अध्यक्ष राजेन्द्र बहादुर लामाले बताए।
 
नेपालमा मान्यता प्राप्त र दक्ष गाइडको कमि भएकोले पनि यो क्षेत्रमा सोचजस्तो विकास नभएकोले यस आर्थिक वर्षमा रन्देभूको साथै क्यानोनिङ्ग गाइड ट्रेनिङ्गमा कम्तिमा १० जना आधारभूत तालिम दक्षता भएका गाइडको उत्पादन गर्ने सिनियर प्रशिक्षक तथा संघका सचिव राजेश लामा तमाङ्गले बताए।
 
संघका महासचिव देवेन्द्र बाबु तिवारीका अनुसार पर्यटकिय हभको रुपमा रहेको ठमेलबाट करिब ३५ कि.मी. मात्र रहेको नुवाकोटको थानापती गा.वि.सको थापागाँउमा रहेको झरनामा रन्देभू गरेर महाभूकम्प र अघोषित नाकाबन्दीले विक्षिप्त भएको पर्यटन उद्योगको विकासका लागि टेवा पुग्ने छ।
 
साथै यस विधालाई सुरक्षित व्यवसायिक विकासका लागि छाँगा वरोहणको तर्फबाट विज्ञप्ति पनि आइसकेको र राफ्टिङ्ग जस्तै गरि क्यानोनिङ्ग विधाको पर्यटकीय विकासका लागि सम्पूर्णको सहयोग अपेक्षा पनि गरे।
 
नेपाल पर्यटन बोर्ड (NTB) को आर्थिक सहयोग र प्रर्वद्धन, टान (TAAN) को सह–आयोजना तथा पर्यटनसँग सम्बन्धित संघ सस्था र व्यवसायीहरुको सहयोगमा हुन लागेको यस रन्देभूमा ३०० भन्दा बढि सहभागीहरु हुने र कम्तिमा १० जना क्यानोनिङ्ग गाइडको उत्पादन गरि क्यानोनिङ्गको व्यावसायिकतामा जोड दिने संघका कोषाध्यक्ष क्षेत्र बहादुर बस्नेतले जानकारी दिनु भयो। 
 
साथै क्यानोनिङ्ग गाइड तालिमका लागि इच्छुक व्यक्तिहरुले संघको कार्यलय, वेबसाइट वा फेसबुक पेजबाट फारम उपलब्ध गरि तोकिएको मितिभित्र दर्खास्त दिन अनुरोध गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ