arrow

‘फुटबलर विमल बेल्जियमबाट फर्किनेबारे एजेन्टसंग कुरा हुँदै’

बहिनी मनिषाको शव परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइयो

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
biml-news-blg.jpg.jpeg
काठमाडौं । नेपाली फुटबल टोलीका स्टार स्ट्राइकर विमल घर्तीमगर बहिनीको रहस्यपूर्ण मृत्युको खबर सुनेपछि घर फर्किने बताइएपनि यकिन भएको छैन ।
 
तीन दिन अघि मात्रै बेल्जियम गएका विमल बहिनीको असामयिक निधनले छाँगाबाट खसेझैं भएका छन् । एन्फाका प्रमुख कार्यकारी एवं प्रवक्ता इन्द्रमान तुलाधरले विमल बेल्जियममै रहेको बताए । दुःखद घटनाबारे जानकारी पाएको सुनाउँदै उनले भने, ‘विमल आवद्ध भएको क्लब एजेण्टसंग कुरा त भएको छ, पठाउने नपठाउने यकिन भएको छैन, सकभर आउन सक्छ ।’ यकिन भएको छैन । 
 
विमल व्यवसायिक फुटबलका लागि बेल्जियम पुगेका हुन् । उनले त्यहाँको मार्बेला युनाइटेड क्लबबाट टुर्नामेन्ट खेल्ने बताइएको छ । उनी १० गते सोमबार मात्रै बेल्जियम गएका थिए । उनले आफ्नो फेसबुकमा बेल्जियम प्रस्थान गरेको फोटो राख्दै खुसी सेयर गरे । तर, उनको त्यो खुसी धेरै दिन रहेन । 
 
विमलकी बहिनी मनिषाको रहस्यपूर्ण मृत्यु भएको छ । आफ्नै घरमा मृत भेटिएपछि घटना रहस्यपूर्ण भएको हो । मनिषाको घाँटीमा निलडाम रहेकाले हत्या वा आत्महत्या भन्नेबारे यकिन गर्न उनको शव परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको नवलपरासी प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र चौधरीले जानकारी दिए । विमलको घरमा आमा मात्रै छन् । विमलका बुबा नेपाल प्रहरीका हवलदार हुन् । उनको सडक दुर्घटनामा निधन भएको थियो ।
 
एसपी चौधरीले हाम्राकुरासंग भने,  ‘मनिषाको साथमा एउटा सल भेटिएको छ, घाँटीमा निलडाम छ ।’ हामीले अनुसन्धान गरिरहेका छौं, एसपी चौधरीले थपे, ‘मनिषाको घाँटीमा निलडाम रहेकाले घटनाको यकिन गर्न विशेषज्ञ कहाँ पठाउने भन्दै टिचिङ पठाइएको छ ।’ पोष्टमार्टमको रिपोर्ट आएपछि र हामीले मोवाइलको कल डिटेल एवं म्यासेजबारे समेत अनुसन्धान गरिरहेका छौं । 
 
घटनामा संलग्न रहेका शंकामा विहिबार विहान आशिष भनिने स्थानीय रुद्र नारायण चौधरी पक्राउ परेका छन् । प्रहरी प्रमुख चौधरीका अनुसार रुद्रनारायणको घर मनिषाको भन्दा ३ किलोमिटर मात्रै टाढा छ । २२ वर्षीय चौधरी तिलकपुर गाविस–४ का हुन् । मनिषाको घर भने वर्दघाट नगरपालिका–८ मा पर्दछ । 
 
मनिषालाई अन्तिम फोन गर्ने रुद्रलाई पक्राउ गरिएको र हाल सम्म अन्य कोही संलग्न रहे नरहेकोबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । घरमा एक्लै रहेको अवस्थामा उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी प्रमुख चौधरीले घरमा विमलकी आमा रहेको बताउँदै विमल शुक्रबार १ बजे आउने कुरा चलेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ