arrow

अजय देवगन बिरुद्ध दिल्ली प्रहरीमा उजुरी

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
ajay-devgan-wallpaper_139702619970.jpg.jpeg
एजेन्सी । बलिउडका चर्चित अभिनेता अजय देवगन बिरुद्ध बुधवार दिल्ली प्रहरीमा उजुरि दर्ता गरिइएको छ । अजय देवगनको  आउदो  चलचित्र 'शिवाय’ को पोस्टर माथि केहि व्यक्तिले आपत्ती जनाउदै उजुरि दिएका हुन् ।
 
भारतिय सञ्चार माध्यमका अनुसार उजुरि गर्ने  वकिल  मनमोहन शर्माले आफ्नो उजुरिमा भनेका छन्;' चलचित्र 'शिवाय' को पोस्टरमा भगवान शिव माथि अजय देवगनले जुत्ता लगाएको देखाइएको छ । यस किसिमको पोस्टरले हिन्दुहरुको आस्था माथि ठेस पुर्‌याएको छ ।'
 
शर्माले आफ्नो उजुरिमा लेखेका छन्,'  पोस्टरमा भगवान शिव माथि बर्फको बन्चरोले हानिएको देखाइएको छ ।' 
 
पुलिस अधिकारीले भने,' अहिले यस उजुरी माथि मुद्दा दर्ता भएको छैन । उजुरिको जांच गरेपछि मात्रै हामि  कार्बाहि अगाडि बढाउनेछौ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ