arrow

फुटबलर बिमल घर्ती मगरकी बहिनीको हत्या, बिमल बेल्जियममा

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
Bimal_Gharti_Magar_Family.jpg.jpeg
काठमाडौं। नेपाली फुटबल टोलीका स्टार स्ट्राईकर बिमल घर्ती मगरकी बहिनिको हिजो राती आफ्नै घरमा हत्या भएको पत्रकार भरत क्षेत्रीले जानकारी दिएका छन्। 
 
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ। मनिषालाई अन्तिम फोन गर्ने उक्त पुरुषलाई शंकाको आधारमा पक्राउ गरिएको प्रहरीले  जनाएको छ। 
 
नवलपरासी जिल्लाको बर्दघाट ८ स्थित आफ्नै घरमा मनिषाको हत्या भएको हो। नेपाल प्रहरीको अनुसन्धान शुरु गरिसकेको छ। घरमा एक्लै रहेको अवस्थामा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
 
प्रारम्भिक अनुसन्धानमा घाँटी थिचेर हत्या गरिएको अनुमान प्रहरीले गरेको छ। पोष्टमार्टमपछि सबै सत्य तथ्य बाहिर आउने प्रहरीले जनाएको छ। शुरुवाती अनुसन्धानमा हत्या भएको निर्क्यौलाम प्रहरी पुगेको पत्रकार क्षेत्रीले जनाएका छन्। 
 
बिमल मई २३ २०१६मा बेल्जियम गएका हुन्। उनको फेसबुकमा उनले बेल्जियम प्रस्थान गरेको फोटो राखेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ