arrow

सीड्नीमा तेक्वान्दो(आइटीएफ) टोलीको सम्मान

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
sidney.jpg.jpeg
सीड्नीमा बसोबासगर्दै आएका नेपाल आइटीएफ तेक्वान्दो महासंघ(आइटीएफ)संग आबद्ध खेलाडी तथा गुरुहरुको भेला हालै सम्पन्न भयो। नेपाली खेलक्षेत्रमा लामो समयदेखि लागेका र हाल प्रवासमा बसोबास गर्दै आएका तेक्वान्दो खेलाडीहरुले नेपालमा तेक्वान्दो खेललाई अगाडि बढाउन सहयोग र सदभावको खाँचो रहेको स्पष्ट पारे। नेपाल र नेपालीको पहिचानको रुपमा रहेको तेक्वान्दो खेलको बिकास र बिस्तारका लागि राज्यको तत्परता आवश्यकता रहेको सहभागिहरुले बताए।
 
नेपाल आइटीएफका केन्द्रिय अध्यक्ष अन्जन धमलाको अस्ट्रेलिया भ्रमणको मौका पारेर भेलाको आयोजना गरिएको थियो।
 
आइटीएफका संस्थापक तथा प्रशिक्षक रबिन घलेले छोटो समयमा लामो फट्को मारेको नेपाल आइटीएफले भबिष्यमा पनि थप सफलता प्राप्त गर्ने कुरा बताए।
 
पहिलो ब्याजका रुपमा बिश्व च्याम्पियनशिप लगायतका प्रतिस्पर्धामा सहभािग भएका घलेले प्रारम्भका दिनमा दुखसुखमा हुर्केको तेक्वान्दो अहिले वयस्क भएको स्मरण गरे।
नेपालवाट अन्तरार्ष्ट्रिय तेक्न्दो सेमिनारमा सहभागि हुन आएको नेपाली टोलीको सम्मानमा आयोजित रात्रीभोजमा आइटीएफका तेज घर्तीमगरले बिदेशमा बसेपनि आफुले देशको झन्डा बोकेर खेल कहिले नर्बिसने बताए।
 
कार्यक्रममा नेपाल आइटीएफका केन्द्रिय अध्यक्ष अन्जन धमलाले बिदेशमा पनि नेपाल आइटीएफ परिबार भेटन पाउनु आफ्नो लागि अहोभाग्यको रुपमा रहेको बताए। आफुलाई तेक्वान्दो सिकाउने गुरुहरु बिदेशमा भेटन पाउँदा निकै हर्षित देखिएका धमलाले संघले भर्खरै बनाएको खेलाडी अक्षयकोषमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे।
 
कार्यक्रममा नेपाल आइटीएफका पुर्व राष्ट्रिय प्रशिक्षक मिलन श्रेष्ठले अध्यनका लागि बिदेश आएता पनि तेक्वान्दोले सिकाएको अनुशासनमा रहने अनुभव सुनाए। 
कार्यक्रममा राष्ट्रिय च्याम्पियन समेत रहेकी सुनिता पण्डितले आफुहरुले खेलेको खेल र सिकेको ज्ञान सदैब काम लागेको बताए।
 
पुराना खेलाडी उत्तम श्रेष्ठ लगायतको उपस्थीती रहेको कार्यक्रममा नेपालवाट सहभागि ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष घम बहादुर थापा लगायतको उपस्थीती रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ