arrow

अब भारतमा पनि एप्पलको एप डिजाइन र डेभलेप्मेन्ट सेन्टर

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
tim_cook_apple_LoEAxlj.jpg.jpeg
एजेन्सी । बहुचर्चित मोबाइल र टेक्नोलोजी कम्पनी एप्पलले भारतको बैङलुरुमा  आफ्नो  पहलो आईओएस  एप डिजाइन र डेभलेप्मेन्ट सेन्टर खोल्ने घोषणा गरेको छ । एपल सीईओ टिम कुकले  भारत भ्रमणका क्रममा सो घोषणा गरेका हुन् ।
 
भारतिय पत्रिका 'इन्डियन एक्सप्रेस' का अनुसार कुकले  एक प्रेस व्यक्तव्य जारि गरि , "भारत विश्वकै उत्साहित र उद्ममयुक्त आइओएस डेभलोभमेन्ट कम्यूनिटीको  घर हो। बैङलुरुमा यस नयाँ कार्यको सुरुवातले हामि डेभलेपर्स टूल्स दिइरहेका छौ । जसले विश्व भरका ग्रहाकको लागि यो इनोभेटिभ एप्स बनाउन  मद्त गर्नेछ।" 
 
कुक बुधवार विहान भारतिय व्यवसायि सँगको छलफल पछि मुम्बईको  सिद्धि विनायक मन्दिर भ्रमण गरेका थिए । 
 
भारतमा आइओएस एप डिजाइन र डेभलेपमेन्ट एक्सीलरेटर सन् २०१७ मा खुल्ने विश्वास कम्पनीले लिएको  छ । कम्पनीका अनुसार  "एपलको यो नयाँ डेभलेपमेन्ट सेन्टर भारतको  आइओएस डेभलोपर कम्यूनिटीमा बृद्धि गर्ने र इन्जीनियरिंग टेलेन्टलाई सपोर्ट गर्ने एक महत्वपुर्ण माध्यम हुनेछ ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ