arrow

‘जिपी कोइराला क्रियाशील पुरस्कार’ एकराज पाठकलाई

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
ekraj-pathak.jpg.jpeg
काठमाडौं। नेपाल प्रेस युनियन राससद्वारा स्थापित ‘जिपी कोइराला क्रियाशील रासस पत्रकारिता पुरस्कार’द्वारा राससका कार्यकारी सम्पादक एवम् अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखा प्रमुख एकराज पाठक पुरस्कृत हुनुभएको छ। नेपाल प्रेस युनियन रासस शाखाले स्थापना गरेको पुरस्कार नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले पाठकलाई सोमबार एक कार्यक्रमकाबीच पुरस्कृत गर्नुभयो। 
 
कार्यकारी सम्पादक पाठकले पुरस्कारबाट प्राप्त रकम युनियनका हालै अल्पायुमै निधन हुनभएका सचिव सूर्यकुमार क्षेत्रीका नाबालक छोराको अध्ययनका लागि सहयोग गर्नका लागि युनियन केन्द्रीय समितिलाई हस्तान्तरण गर्नुभयो । 
 
सम्मान पत्रसहित रु पाँच हजार ५५५ राशिको उक्त पुरस्कार युनियनको रासस शाखाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाका नाममा २०७२ सालमा स्थापना गरेको हो । यसअघि सो पुरस्कारबाट राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत पुरस्कृत हुनुभएको थियो । 
 
युनियनले आजै राससमा १९ वर्षदेखि अस्थायी सेवामा कार्यरत पत्रकार एवम् कर्मचारीको स्थायित्व, वृत्तिविकास तथा राससको सेवालाई अनलाइनमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अध्यक्ष वाग्ले, महाप्रबन्धक निर्मला आचार्य, वरिष्ठ कार्यकारी सम्पादक सोमनाथ लामिछाने र कार्यकारी व्यवस्थापक उत्तम सिलवाललाई प्रमाणपत्र सहित सम्मान गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ