arrow

दक्षिण सुडानमा इबोला नभै ह्यामोरेजिक फेवरको प्रकोप : डब्लूएचओ

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
Logo-WHO.jpg.jpeg
जुवा (सुडान) । दक्षिण सुडानमा फैलिएको अज्ञात रोग इबोला र मारवर्ग भाइरस नभई ह्यामोरेजिक फेवर (ज्वरो) भएको डब्लूएचओले बताएको छ । 
 
ह्यामोरेजिक फेवरका कारण सुडानमा सन् २०१६ को शुरुमा कम्तिमा १० जनाको मृत्यु भएको थियो । अज्ञात रोगका कारण बिरामी परेको आशङ्कामा रक्त परीक्षणका लागि लिइएका ५१ नमुनामध्ये ४० मा ह्यामोरेजिक फेवरको सङ्क्रमण रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ । 
 
बिरामीको मृत्यु इबोला र मारवर्ग भाइरसका कारण भएको आशङ्कामा फेब्रुअरीमा नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । उक्त ज्वरोको सङ्क्रमण सुडानको उत्तरपूर्वी क्षेत्र अबेलीमा भेटिएको थियो । 
 
बिरामीहरूमा प्राय रक्त स्राव हुने, ज्वरो आउने, शरीर गल्ने र अत्यन्तै कमजोर एवम् महसुस हुने, टाउको दुख्ने र वान्ता आउनेजस्ता लक्षणहरू देखिएपछि परीक्षणका लागि लगिएका नमुनाको परीक्षण एवम् अनुसन्धानबाट उपचारमा समयमा नै ध्यान दिन सके रोग खासै भयानक र छिट्टै फैलिने खालको नभएको डब्लूएचओले बताएको छ । 
 
रगतमा नमुना परीक्षणका क्रममा बिरामीमा इबोला तथा मार्गवर्ग भाइरस नभेटिएको पनि डब्लूएचओले बताएको छ । दक्षिण सुडानमा दुई वर्षको गृहयुद्धपछि यहाँका करिब ५० लाख नागरिक बाँच्नका लागि दाताहरूको सहयोगमा निर्भर रहनु परेको छ । 
 
दक्षिण सुडानमा शान्ति सम्झौता भए पनि हिंसाका घटनामा उल्लेख्य सुधार आउन सकेको छैन । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ