arrow

दूरसंचार प्राधिकरण र नेपाल प्रहरीबीच साइबर सुरक्षा सम्बन्धि सम्झौता

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
nepal-polic-NTA.jpg.jpeg
काठमाडौं। नेपाल प्रहरीलाई साइबर सुरक्षा तथा डिजिटल फरेन्सिकको क्षेत्रमा सबलीकरण गर्न साधन सम्पन्न बनाउने उद्देश्यले नेपाल दूर संचार प्राधिकरण र नेपाल प्रहरीबीच सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ।
 
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र दूर संचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
 
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा स्थापना भएको डिजिटल फरेन्सिक ल्याबलाई आधुनिकिरण गर्न, कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्न तथा आवश्यक हार्डवेयर र सफ्टवेयर उपकरण खरिद गर्नका लागि दूरसंचार प्राधिकरणबाट नेपाल प्रहरीलाई एक करोड रुपैयाँ उपलब्ध गराउने लगाएतका विषयहरु सम्झौतापत्रमा उल्लेख गरिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ