arrow

खबरदार जेष्ठ ३ गते गोहीको नक्कली आसु नझार्नु होला

logo
मिन बहादुर पण्डित
प्रकाशित २०७३ जेठ २ आइतबार
Madan-and-Bidhya.jpg.jpeg
नेपाली राजनीतिका शिर्ष पुरुष भण्डारीलाई दासढुंगामा झारियो, 
सिद्धान्त, इमान्दारिता र क्षमतालाइ जित्न नसकेर षड्यन्त्रमा पारियो।
जननेता बनेर अहिले पनि नेपाली जनताका मनमा बसेका छन्,
तिमीलाई मारेर बिदेशी षड्यन्त्रकारीहरु हाम्रो देशमा पसेका छन।
 
कसैको दाउ नेपाललाई क्रिस्चियन बनाउने कसैको तराइ छुटाउने,
नेपालमा बेस बनाएर कसैको दाउ चीनबाट तिब्बत फुटाउने।
त्यसको लागि अस्थिर नेपाल चाहिन्छ स्थिर हुँदा पाइन्न बहाना,
बिदेशीसंग सन्तुलित सम्बन्ध बनाएर बिकास गर्ने भण्डारीको थियो चाहना।
 
नेपाललाई कस्तो संविधान र व्यवस्था चाहिन्छ त्यहि बेला स्पस्ट लेखेका थिए,
प्राकृतिक श्रोत साधन र जनताको मिहिनेतले देश बनाउने सपना देखेका थिए।
जबजले मार्क्स र लेनिनको सिद्धान्तलाइ बिस्थापित र आधुनिकरण गरिदियो,
युद्दबाट मात्र सत्ता कब्जा गर्ने कम्युनिष्टहरुलाई सोच्न बाध्य पारिदियो। 
 
त्यसैले जबजले नोबेल शान्ति पुरस्कार पाउनु पर्थ्यो सोच एमाले नेताहरु,
हत्यारालाइ कारबाही हुनुपर्छ भनेर आन्दोलन हुँदा सहिद भएथे ५ जना अरु।
जनता भुलाउने गफ रहेछ हामि सत्तामा पुगे हत्यारा पत्ता लगाई छाड्छौ भन्यौ,
खैत छानबिन गरेको चार चोटी सत्तामा पुग्यौ प्रम र राष्टपति समेत बन्यौ।
 
जसले भण्डारीको हत्या गरायो त्यो नै जिम्मेबार छ नेपाल गरिब हुनुमा,
हत्याको छानबिन नगरे बिद्याजी कुनै अर्थ छैन जेष्ठ तीन गते रुनुमा।
किन एमाले चुप छ छानबिन हुन नसक्नुका कारण के हो जबाफ दिनुपर्छ,
जबजको सिद्धान्त बेचेर सत्तामा पुग्नेहरुले नैतिक जिम्मेबारी लिनुपर्छ।
 
आफ्नै नेता मर्दा त् छानबिन गर्दैनौ जनता छोरा छोरी मरे के गरौला? 
सिदान्त र जिम्मेबारीबाट बिचलित हुनेहरु जनताको फेला परौला।
मदन भण्डारीका नाममा बिभिन्न खाले संघ संस्थाहरु खुलेका छन्,
हत्याको कुनै मतलब छैन जागिर खान र कमाउन मै भुलेका छन्।
 
भण्डारी पछि अहिलेसम्म इमान्दार निडर र क्षमतावान नेता पाईएन,
सरकारमा छौ छानबिन गर्ने भए गर बर्षैपिच्छे आस्वासन चाहिएन।
होइन भने खबरदार जेष्ठ ३ गते गोहीको नक्कली आसु नझार्नु होला,
नेपाली जनताको माया र भण्डारीको आत्मालाई दु:खी नपार्नु होला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ