arrow

प्रेस युनियनद्वारा शर्मा र खत्री सम्मानित

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
myagdi-union-prize.jpg.jpeg
म्याग्दी। नेपाल प्रेस युनियन म्याग्दीले स्थापना गरेको प्रेस युनियन पत्रकारिता पुरस्कार–२०७३ पत्रकारितामा निरन्तर क्रियाशील भई म्याग्दीको व्यावसायिक पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउनुभएको भन्दै राससका (बेनी, म्याग्दी) संवाददाता धु्रवसागर शर्मा र म्याग्दी अनलाइनकर्मी निर्मल खत्रीलाई पुरस्कृत गरिएको छ। 
 
युनियनका जिल्ला अध्यक्ष गोपाल छन्त्यालको अध्यक्षतामा भएको छैटौँ साधारणसभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकार शर्मा र युवा पत्रकार खत्रीलाई जनही नगद रु ५ हजारसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको थियो। 
 
युनियनले स्थापना गरेको पुरस्कार कोषमार्फत विकास पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकारद्वय शर्मा र खत्रीलाई पुरस्कृत गरिएको पुरस्कार छनोट उपसमितिका संयोजक रेखाकौसल रेग्मीले जानकारी दिनुभयो। 
 
पत्रकार शर्मा २०५४ सालदेखि निरन्तर रुपमा पत्रकारितामा आबद्ध हुनुहुन्छ। कार्यक्रममा नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्य, उपाध्यक्ष रमेश पौडेल र नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजाले पुरस्कार प्रदान गर्नुभएको थियो। 
 
पुरस्कृत पत्रकार शर्मा रासस लगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ। पत्रकार खत्री म्याग्दी अनलाइन, समृद्ध साप्ताहिक र नयाँ पत्रिका दैनिकसँग आबद्ध हुनुहुन्छ। 
 
यसैबिच नेपाल प्रेस यूनियन म्याग्दीले दुई बर्ष अगाडि घोषणा गरेको रु ५ लाख राशिको पत्रकारीता पुरस्कार अक्षयकोषलाई छिट्टै पूर्णता दिन लागेको जनाएको छ । उक्त कोषमा नेपाल महिला संघका अध्यक्ष बिमला गौचनले स्वर्गिय श्रीमान राम गौचनको स्मृतिमा रु १ लाख १ हजार र महाधिवेसन प्रतिनिधि क्याप्टेन डमबहादुर गर्वुजाले रु १ लाख १ हजार १सय सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
 
जिल्लामा क्रियाशिल पत्रकारहरुलाई बार्षिक रुपमा पुरस्कृत गर्ने उदेश्यले स्थापना गर्न लागिएका अक्षयकोषको लागि विभिन्न निकायमा प्रस्ताव पेस गरिसकेको र जेठ महिनाभित्र रु २ लाख राशि संकलन गरिसक्ने र असारमा च्यारिटी सो मार्फत थप रकम जुटाएर अक्षयकोषलाई पूर्णता दिन लागीएको प्रेस यूनियनका जिल्ला अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ