arrow

विपन्न बालकलाई निःशुल्क पठनपाठन

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
Baglung-hamrakura.jpg.jpeg
बागलुङ । बागलुङको एक निजी विद्यालयले विपन्न परिवारमा जन्मेका प्रतिभाशाली बालक दीपेन थापालाई निःशुल्क पढाउन सुरु गरेको छ । 
 
म्याग्दीको ज्यामरुककोट–३ का थापालाई चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले आवसीय सुविधासहित पठनपाठनको जिम्मा लिएको हो । सानै उमेरदेखि गायन कलामा पोख्त १३ वर्षीय थापालाई माध्यमिक तहसम्म निःशुल्क पढाइने स्कुलले जनाएको छ । 
 
विद्यालयका प्राचार्य नवराज श्रेष्ठले बालकको शैक्षिक र सिर्जनशील भविष्यको लागि विद्यालयले सहयोग गरेको बताए । विद्यालय पोसाक, खेलकुद पोसाक पनि उनले निःशुल्क रुपमा पाउनेछन् । सामुदायिक विद्यालयबाट कक्षा ७ उतीर्ण गरेका थापा निजी स्कुलमा भने कक्षा ७ मै भर्ना भएका छन् । 
 
त्यस्तै उनलाई अङ्ग्रेजी भाषा सिकाउन र अन्य अतिरिक्त क्रियाकलापमा सघाउन नेपाल राष्ट्रिय वाणिज्य सङ्घले मासिक रु तीन हजार सहयोग गर्ने भएको छ ।  दीपेनले आफ्नो अङ्ग्रेजी सिक्ने र पढाइलाई अघि बढाउने सपना पूरा भएको बताए । उनले पढाइसँगै आफ्नो गायनयात्रालाई सँगै अघि बढाउनेसमेत बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ