arrow

विश्व चर्चित पुस्तक ‘गेटिङ टु यस’ नेपाली भाषामा

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
getting-to-yes.jpg.jpeg
काठमाडौं । विश्वभर चर्चा कमाएको पुस्तक ‘गेटिङ टु यस’(Getting To Yes) नेपाली भाषामा प्रकाशित भएको छ । कानुन, व्यवस्थापन तथा कुटनीति क्षेत्रका लागि समेत उपयोगी पुस्तकको नाम ‘समाधान’ राखिएको छ ।
 
नेपालमा बिगत एक दशक देखि चर्चा-परिचर्चा र सिमित अध्ययन हुँदै आएको पुस्तकलाई अधिवक्ता मातृका निरौलाको प्रयासमा नेपाली भाषामा प्रकाशित भएको हो ।
 
निरौला लगायत डा.मुक्ति रिजाल र भीमनाथ घिमिरे समेतको अनुवाद र सम्पादनमा सघाएका छन् । पुस्तकमा  निरौलाले निरन्तर तीन बर्ष संयोजन र डा. रिजाल र घिमिरेले करिब दुई बर्ष अनुवाद र सम्पादनमा लगानी गरेका छन् ।
 
हावर्ड विश्वविद्यालयका तीनजना प्रख्यात लेखकहरु प्राध्यापक रोजर फिसर, विलियम युरी र ब्रुस प्याटनद्वारा लिखित साथै सोही विश्व विद्यालयको कानून लगायतका संकायले अंगिकार गरेको पुस्तक     पहिलो पटक सन् १९८१ मा अमेरिकामा प्रकाशित भएको थियो  । तर सूचना र संचारको कमीले ९० को दशकसम्म चर्चामा थिएन् ।
 
लेखकहरुले पुस्तकलाई  निरन्तर परिस्कृत संस्करणहरु प्रकाशित गर्दै ल्याएर सन् २००० तिर पुस्तकले विश्वव्यापी रुपमा चर्चा कमाएको थियो ।
 
समसामयिक बिषयबस्तु, आकर्षक शैलीको प्रस्तुती र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टान्तहरुको आर्कषणको आकर्षणले गर्दा बिश्वका ५७ भन्दा बढी भाषामा प्रकाशन र बिक्री बितरण भई आएको छ । पुस्तक विश्वमा सर्बाधिक बिक्री हुनेमा पर्छ ।
 
नेपालको वर्तमान परिप्रक्ष्यमा पुस्तक उपयोगी र सान्दर्भिक हुने विश्वास अनुबादक टोलीको रहेको छ ।  बिगत एक दशकदेखि विवाद समाधानका बैकल्पिक उपाय, वार्ता, मेलमिलाप तथा मध्यस्थका क्षेत्रमा काम गर्दै आएका अधिवक्त निरौलाले हावर्ड विश्व विद्यालयका प्राध्यापकसंगको सौहाद्र्र सम्बन्धको प्रतिफलका रुपमा सो पुस्तक नेपाली भाषामा प्रकाशनको मौका पाएको बताए ।
 
निरौलाले आफु सम्लग्न संस्था नेपाल इन्टरनेशनल एडिआर सेन्टरको सहायतामा पुस्तक प्रकाशित भएको बताए । व्यवसायी, राजनीतिज्ञ, कुटनीतिज्ञ साथै सवै कानून व्यवसायी, न्यायाधीश तथा वार्ता र मेलमिलापमा चासो राख्नेहरुका लागि पुस्तक उपयोगी हुने अधिबक्ता निरौलाले दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ