काठमाडौ। दृश्टी आई केयर सिस्टम ग्रुपका डाक्टरहरुको समूहले चावहिलमा नयाँ आँखा उपचार केन्द्र स्थापना गरेको छ। आँखा डाक्टरहरुको एक समूहले आँखाको उपचारमा गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याएका हुन्। यो समूहले यस अघि बिभिन्न ठाँउमा समेत आँखा अस्पताल र उपचार केन्द्रहरु खोल्दै आएका छन्।
चावहिलमा रहेको चावहिल आई केयर सेन्टरमा आँखाको चेकअप, अल्छी आँखाको परिक्षण तथा कन्ट्याक लेन्ससग सम्बन्धीत सबै उपचार हुने दृश्टी आई केयर सिस्टम ग्रुपका प्रबन्ध निर्देशक डा. भाईराजा श्रेष्ठले जानकारी दिए।
१२ जना बिशेषज्ञ डाक्टर रहेको यस ग्रुपले यस भन्दा अघि मेची दृश्ट्री आँखा अस्पताल, बिरगन्ज आइ केयर सेन्टर, जमल आइ केयर सेन्टरलाई संचालनमा ल्याइ सकेका छन । भने निकट भबिश्यमा नै संचालनमा ल्याउने गरी कलंकीमा सुबिधा सम्पन्न आँखा अस्पताल निमार्ण कार्य भइरहेको प्रबन्ध निर्देशक डा. श्रेष्ठले बताए । उनका अनुसार यी सबै आइ केयर सेन्टरहरु बिश्वस्तरीय रहेको जानकारी दिए ।
चावहिलमा रहेको आइ केयर सेन्टरमा डा. रन्जु खरेल सिटौला र डा. प्रताव कार्कीको टिमले आँखाको परिक्षण गर्ने छ । यस ग्रुपका सबै आँखा अस्पताल र केन्द्रहरुमा ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई परिक्षण र कतिपय टेष्टमा निशुल्क उपचार हुने समेत बताइएको छ ।