arrow

यसो भनिरहेका प्रचण्डलाई एकै रात भूत चढ्यो

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
dahal-naya-pic.jpg.jpeg
काठमाडौं । एमाओवादी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहालले मंगलबार दिउँसो १ बजेबाट अपरान्ह सम्म चलेको संसदीय दलको बैठकमा ओली सरकारबाट बाहिरिने कुनै शब्दावली बोलेनन् । यद्यपि, उनले राष्ट्रिय सहमति भन्दै केही विकल्प प्रस्तुत गरे । 
 
उनले भनेका थिए, ‘शेरबहादुरको नेतृत्वमा एमाले आउँछ भने पनि ठिक छ, यस्तै यसै सरकारमा कांग्रेस आउँछ भने पनि ठिक छ, तर, केही गरी यी दुई ठूला पार्टीले नेतृत्व नलिएर हामीले लिनु पर्ने अवस्था आयो भने हामीले सबैलाई समेट्नै पर्छ ।’ दाहालले अब यी कुरा विर्से होलान् । उनले भनेका थिए, ‘तेस्रो पार्टीको नेतृत्वमा सरकार बन्ने स्थिति रहयो भने कांग्रेसलाई पनि, एमाललेलाई र मोर्चालाई पनि संगै लैजाने सामथ्र्य राख्नु पर्छ ।’ यो घातपछि अब ओली प्रचण्डको सरकारमा आउलान् ? 
 
बैठकमा सहभागि माओवादी एक सांसदले दाहालले बोरेकोबारे वेलिविस्तारमा भने, ‘हामी तेस्रो भयौं केही विग्रेको रहेन छ । कहीले काँही मलाई लाग्छ जनताले हामीलाई नै निर्णायक बनाइदिए । हामी निर्णायक हौं । तेस्रो शक्ति यस्तो हुँदो रहेछ निर्णायक ।’ त्यसैले पनि मैले राष्ट्रिय सहमति भन्ने गरेको हुँ । लिने दिने काम एजेण्डाका आधारमा हुन्छ । एमालेसंग त्यही एजेन्डा थियो तर, गम्भीर भएन । हामी सरकारमा भएर पनि पेलिएका छौं । अब केही गर्नै पर्छ । 
 
दाहाललाई एमाओवादी नेता तथा सांसदहरुले युद्धकालिन मुद्दाकै कारण आफुहरु र पार्टी असुरक्षित रहेको भन्ने सुनाएपछि रातारात मनस्थिति परिवर्तन गरेको केही नेताहरुको भनाई छ । दाहाललाई एमालेसंग रहिरहे आफुहरु अझै संकटमा पर्ने मनस्थिति निर्माण गर्न धेरै समय लागेन । उनी युद्धकालिन मुद्दामा अदालतले चाँसो देखाए देखि नै गम्भीर थिए । गोरखा फुजेल घटना, ओखलढुङ्गा उज्जन हत्या काण्ड लगायत विभिन्न मुद्दा सम्झिएका दाहालले एक्लै बाबुराम भट्टराईविरुद्ध १६ बढी मुद्दा रहेको सुनाए । अन्य थुप्रै नेताविरुद्ध निकै मुद्दा परेका छन् र आतंक मच्चिएको दाहालले बारम्बार सम्झिए ।
 
कांग्रेससंगको छोटो सम्वाद र एलाइन्सबाटै दाहालको मन फेरि सत्तामा पुग्ने गरी पग्लेर आयो । केही दिन अघि सम्म दाहालले राष्ट्रिय सहमतिको उर्दी लगाउँदै आफुले सरकारको नेतृत्व नगर्ने बताउँदै आएका थिए । उनि रातारात परिवर्तन भएर भोली पल्ट विहान आफ्नो पार्टीको नेतृत्वका सरकार गठनका लागि आह्वान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ