arrow

ओली सरकार खसाल्न कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

शेरबहादुरले धस्काए पहिलो दस्तखत

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । वर्तमान केपी शर्मा ओलीको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कांग्रेसले सांसदहरुको हस्ताक्षर संकलन थालेको छ । पहिलो हस्ताक्षर कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले लामो समय कुराकानी गरेपछि मात्रै हस्ताक्षर संकलन भइरहेको कुरा स्वीकारे । उनका अनुसार नयाँ सरकार गठनकै लागि हस्ताक्षर संकलन थालिएको हो । 
 
खाँणले भने, ‘कांग्रेसले ओली सरकार परिवर्तन गर्न एमाओवादीलाई प्रस्ताव गरेपछि उसले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ, आधिकारीक कुरो पनि आउला ।’ नयाँ संविधान कार्यान्वयका लागि एमाओवादी लगायतका दलसंग सैद्धान्तिक सहमति भएकै कारण सत्तासाझेदार एमाओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो । नेता खाँणले थपे, ‘एमाओवादी बाहिरिने वित्तिकै ओलीको बहुमत गुम्छ, बहुमत गुमेपछि उहाँले राजीनामा दिनु हुन्छ भन्ने हाम्रो विश्वास छ, राजीनामा नआए संसदमा अविश्वास प्रस्ताव दर्ता हुन्छ ।’ एमाओवादी लगायत दलसंग भएको एलाइन्स अनुसार नयाँ सरकार गठन हुन्छ । हामी त्यसैको वातावरण बनाउँदैछौं । 
 
तर खाँणले मंगलबार संसदीयदलको बैठकबीचबाट भनेका थिए, ‘सरकार पूर्ण असफल भयो र सरकारको विकल्प खोज्नु पर्छ भनेर सबै सांसदले भनेका छन्, तर हस्ताक्षर संकलन भएको छैन ।’ खाँणले हस्ताक्षरका विषयमा पार्टीले आधिकारिक निर्णय नगरेको र सभापतिले समेत यस विषयमा केही नभनेको सुनाए । यद्यपि, रातारात त्यो वातावरण परिवर्तन भयो । वुधबार सभापतिले नै खाली कागजमा पहिलो हस्ताक्षर धस्काए । 
 
कागजमा के प्रयोजनका लागि भन्ने उल्लेख छैन । खाँणले भने अनुसार ओलीले राजीनामा दिन अटेर गरेपछि अविश्वास प्रस्ताव ल्याउने प्रयोजनका लागि हुने छ । बजेट रोक्नका लागि त हैन ? जवाफमा खाँणले भने, ‘भनि हाले त नयाँ सरकार गठनका लागि हो भनेर ।’ यसअघि काग्रेसले संसदमा ‘स्थगन प्रस्ताव’ ल्याउनका लागि मात्र हस्ताक्षर थाल्ने निर्णय गरेको थियो । तर, केही सांसदले हस्ताक्षर संसदमा जुनसुकै परिस्थिति आउन सक्ने भन्दै संकलन गरिएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ