arrow

कांग्रेस-मोर्चा बैठक : ‘वर्तमान सरकार खसाल्नेमा सहमत भयौं’

नयाँ सरकारलाई समर्थन गर्न पहिले माग सम्बोधन होस्

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
sammelan-kendra.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेस र मधेसी मोर्चाबीच नयाँ सरकार गठनबारे छलफल भएको छ । वुधबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भएको छलफलमा मोर्चाका नेताहरुले कांग्रेसलाई आफुहरुका माग संविधान संशोधन गरेर सम्बोधन गरेपछि मात्रै सरकारका लागि सघाउने प्रस्ट्याएका छन् । मोर्चा नेताहरुले आफुहरुको माग सम्बोधन लिखित रुपमै हुनुपर्ने अडान राखेका छन् । 
 
यद्यपि, मोर्चा नेताहरु वर्तमान केपी शर्मा ओलीको सरकार ढाल्न भने सहमत भएका छन् । बैठकपछि सद्भावना सहअध्यक्ष लक्ष्मणलालकर्णले भने, ‘वर्तमान सरकार खसाल्नेमा सहमत भयौं, नयाँ सरकारमा जाने विषय हाम्रो माग संविधान संशोधन गरेर सम्बोधन हुनु पर्दछ त्यसपछि मात्रै निर्णय हुन्छ ।’ कर्णका अनुसार वर्तमान सरकारले आफुहरुको कुरै नसुनेकाले सरकार ढाल्नेमा सबै मोर्चा नेताले दिल खोलेका छन् । 
 
बैठकमा कांग्रेस सभापित शेरबहादुर देउवाले नयाँ सरकार गठनमा सघाउन आग्रह गरेका थिए । संसदमा संघीय गठबन्धनका सबै दल नरहेकाले मोर्चा नेताहरुलाई मात्र बोलाइएको कर्णले जानकारी दिए । बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, राजकिशोर यादव, शरतसिंह भण्डारी सहभागि थिए । बाहिरै भएपनि महेन्द्र राय यादवको समेत वर्तमान सरकार ढाल्नेमा सहमति रहयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ