arrow

प्रधानमन्त्रीले राष्ट्रपतिलाई उत्पन्न परिस्थितिबारे ब्रिफ गरे

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
bhandari-oli.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको उत्पन्न राजनीतिक परिस्थितिबारे राष्ट्रपति विद्या भण्डारीलाई जानकारी गराएका छन् । ओलीले शीतलनिवास पुगेर वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी गराएका हुन् । 
 
नियमित भेटघाट पनि हो, ओलीका प्रेस सहयोगी चेतनअधिकारीले हाम्राकुरासंग भने, ‘अहिलेको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।’ सरकार छोड्ने वा नछोड्नेबारे एमाओवादीको समर्थन फिर्ता नभइसकेको अवस्थामा सामान्य छलफल मात्रै भएको बुझिएको छ । 
 
पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई जानकारी गराए । सरकारको नीति कार्यक्रम र बजेटको तयारी भइरहेका बेला एमाओवादीले नयाँ सरकार गठनको विषय अघि सारेपछि उत्पन्न परिस्थितिका विषयमा समेत प्रधानमन्त्रीले राष्ट्रपतिलाई सुनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ