arrow

प्रचण्डलाई कदम चाल्नुअघि पुनः विचार गर्न थापाको आग्रह

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
Kamal-Thapa.jpg.jpeg.jpeg
हेटौँडा। उपप्रधानमन्त्री तथा राप्रपा ९नेपाल० का अध्यक्ष कमल थापाले वर्तमान सरकारको विकल्प खोज्नुअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पुनः विचार गर्नुपर्ने बताएका छन्।
 
मिडिया नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष थापाले भन्नुभयो, ‘‘सरकार परिवर्तन गर्दा राष्ट्रियता कमजोर हुने, राजनीतिक अस्थिरता बढ्दै जाने तथा संविधान कार्यान्वयन कठिन र जटिल हुँदै जाने भएकाले यसमा पुनः विचार गर्न आग्रह गर्दछु।’’
 
अध्यक्ष थापाले वैशाख १२ गतेको भूकम्प, असोज ३ गतेको संविधान जारीपछि मधेस आन्दोलन, भारतद्वारा अघोषित नाकाबन्दीजस्ता विषम परिस्थितिमा पुनःनिर्माण गर्नुपर्ने दायित्वका बीच राष्ट्रियताको जगमा अडेको वर्तमान सरकारले आर्थिक विकास र पुनःनिर्माणको काम अघि बढाउने अवस्थामा प्रचण्डले आफ्नो दल सहभागी भएको सरकारले ठोस काम गर्न नसकेको र सरकारको विकल्प खोज्नुपर्ने वक्तव्य निकाल्नु अप्रत्याशित र अनपेक्षित रहेको बताए।
 
उनले एक प्रश्नको उत्तरमा वर्तमान सरकार गठन गर्नुअघि जुन बहिरी शक्तिको चलखेलले अवरोध पुर्‍याएको थियो, त्यही शक्तिले हाल पुनः चलखेल गरेको आरोप लगाए।
 
अध्यक्ष थापाले वर्तमान सरकारको ६ महिने कार्यकालमा भएका काम कारबाहीको जश अपजशको भागी हामी सबै हौँ भन्दै देशलाई अस्थिरताबाट जोगाई राष्ट्रिय एकता बलियो बनाएर संविधान कार्यान्वयन र आर्थिक उन्नतितर्फ हामी सबै लाग्नुपर्ने स्पष्ट पारे।
 
उनले राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले वर्तमान परिस्थितिको समीक्षा गरी पार्टीको धारणा सार्वजनिक गर्ने जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ