arrow

प्रचण्डले छोडे ओलीको साथ, कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
maoist-release.jpg.jpeg

काठमाडौ । एकीकृत नेकपा माओवादीको बुधवार बिहान लाजिम्पाट प्रचण्ड निवासमा बसेको बैठकले अध्यक्ष पूष्प कमल दाहाल (प्रचण्ड) को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णयमा पुगेको प्रचण्डले एक बिज्ञप्ती जारी गर्दे जनाएका छन् । राष्ट्रिय सहमतिको लागि यो सरकारलाई समर्थन दिएको तर यो सरकार त्यो दिशा तिर नदेखिएकोले आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाउने जनाइएको छ । यसमा कांग्रेसले समेत साथ दिने उल्लेख गरेको छ।

प्रचण्डको यो बिज्ञप्तीसगै एमालेको नेतृत्वमा रहेको सरकारको दिनगन्ती सुरु भएको छ । नेपाली कांग्रेसले यो सरकारको बिकल्पमा प्रचण्डको नेतृत्व स्वीकार्ने र भावी प्रधानमन्त्री बन्न प्रचण्डलाई समर्थन जनाउने बताएपछि राजनैतिक समिकरण फेरिन लागेको हो । एकीकृत नेकपा माओवादीको सिंहदरबारमा मंगलबार बसेको संसदीय समितिमा समेत धेरै सभासदहरुले एमालेको नेतृत्वको सरकारको बिकल्प खोज्न तथा आफ्नै नेतृत्वमा सरकार बनाउन शिर्ष नेतृत्वलाई दवाव दिएको थियो । समितिको बैठकमा लामो मन्तब्य दिदै अध्यक्ष प्रचण्डले सानो पाटी बनाए पनि निणार्यक बनाएको र आफ्नो नेतृत्वमा जुनसुकै बेला सरकारमा जान सकिने भनेर सभासदहरुमा सम्बोधन गरेको सहभागि एक सभासदले बताए।

प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बिहानै बसेको एमाओवादी पदाधिकारीको बैठकले प्रचण्डको नेतृत्वमा सरकार बनाउने र यसका लागि सबै दललाई सार्वजनिक अपील गर्ने निर्णय गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले अहिलेको सरकारले पुन निर्माण लगायतको काममा ध्यानाकर्षण गराउदाँ पनि सन्तोषजनक काम नभएको बताए । साथै केपी ओली सरकारलाई तत्कालिन परिस्थितिमा समर्थन दिए पनि अव त्यस्तो अवस्था नरहेको उनले बताए । नेपाली कांग्रेसले समेत एमाओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको उपाध्यक्ष श्रेष्ठ बताए । यसमा अन्य दलहरुलाई समेत साथ लिएर अघि बढ्ने उनले बताए।

बैसाख ६ गते नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा भारत भ्रमणमा गएका थिए । उनको त्यो भ्रमणलाई ब्यक्तिगत भने पनि बिदेश मन्त्री शुष्मा स्वराजसग लगायत केही नेताहरुसग भेट गरेको उनले नै सार्वजनिक गरेका छन । उनी भारत रहेकै बेला एमाओवादीका महासचिव कृष्ण वहादुर महरा समेत भारत पुगेका थिए । उनीहरु बिच भारतमा नै भेटघाट भएर सरकार परिर्वतन गर्ने बिषयमा कुरा भएको जानकारहरुले बताउने गरेका छन् ।

ओली सरकारसग सम्बन्ध चिसिएपछि भारतले पनि सरकार परिर्वतनको लागि बिकल्प खोजिरहेको कतिपयले बताउदै आएका थिए । भारत भ्रमणको निम्तो पटक पटक दिदाँ समेत एमाओवादी नेता प्रचण्ड भारत नगए पनि उनका बिश्वासपात्र महरालाई देउवा भारतमा नै भएको अवस्थामा पठाँएका थिए ।

द्वन्द कालिन कतिपय मुद्दामा एमाओवादीको शिर्ष नेता नै जेल जाने सम्भावना बढेसगै बृहत शान्ति सम्झौता बमोजिन नै यी मुद्दाहरुलाई सेफ ल्यान्डिङ गर्न जसले माओवादीलाई सहयोग गर्छ उसैसग मिलेर सरकार गठन गर्न साचेको कतियप बिश्लेशकको भनाई छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ